पोखरा । बगर भाइ खेलकको आयोजना जारी भेट्रान फुटबल प्रतियोगितामा जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले उपाधि चुमेका छन् ।
पोखरा टुडिखेल खेल मैदानमा जारी तेह्रौं बगर भाइखलक तथा तेस्रो हिमालय ब्रुअरी एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समुहमा संगम क्लब च्याम्पियन बनेको हो ।
शनिबार सम्पन्न ५० वर्षमाथिको फाइनल खेलमा आयोजक बगर भाइखलकमाथि २–१ को जित निकाल्दै संगमले उपाधि चुमेको हो ।
उपाधिसँगै संगमले नगद एक लाख रुपैयाँ प्राप्त ग¥यो भने, बगरले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
यस्तै अत्यन्तै रोमाञ्चक बनेको ४० वर्षमाथि समूहको फाइनल खेलमा जोरपाटीले नागस्वेती भेट्रान हेटौंडालाई सडन डेथमा ८–७ ले हराउँदै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी भएपछि सडनडेथमा ८–७ को जित निकालेको हो । सडनडेथसम्म पुग्दा कुल १०–१० पेनाल्टी प्रहार गरेका थिए । उपाधिसँगै जोरपाटीले दुई लाख रुपैयाँ हात पार्दा नागस्वेतीले एक लाख रुपैयाँ प्राप्त गर्यो ।
नागस्वेतीका कृष्ण शाक्य प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसँगै नगद १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक जोरपाटीका छिरिङ लामा घोषित भए । उनी प्रतियोगिताको म्यान अफ दी म्याच समेत घोषित भए । टोलीलाई उपाधि चुमाउन फाइनलमा उनको खेल निकै प्रसशां योग्य थियो । उत्कृष्ट मिडफिल्डर जोरपाटीकै रन्जित लामा घोषित भए । प्रशिक्षकतर्फको समेत जोरपाटीकै पोल्टामा रह्यो । बुद्ध लामा उत्कृष्ट प्रशिक्षण घोषित भए । उत्कृष्ट फरवार्ड नागस्वेतीका निमा लामा घोषित भए । डिफेन्डरमा नागस्वेतीका सन्तोष बस्नेत उत्कृष्ट घोषित भए । विधागततर्फका सबै विजेताले ट्रफीसँगै नगद पाँच/पाँच हजार रुपैयाँ प्राप्त गरे ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’