पोखरा । गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्याफटिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता सुरु भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका हुन् ।
आइतबार सम्पन्न राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६.६१ मिनेटको समय लिदैं पहिलो हुन सफल भएका छन् । प्रतियोगितामा उदयपुरका डम्बर बहादुर पूर्वाछानेले ८७.०२ मिनेटको समय लिंदै दोश्रो स्थान हासिल गर्दा चितवनका शक्ति कुमार गुरुङ तेश्रो भए । उनले कुल ९०.१ मिनेटको समय लिए । यसै गरी ९१.८९ मिनेट समय लिएका चितवनका नविन श्रेष्ठ चौथो हुँदा ९१.८९ मिनेटमा दुरी पार गरेका खोटाङका प्रशान्त राई पाँचौ स्थान हासिल गरे ।
राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा प्रतियोगितामा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिता अन्तर्गत सोमबार र मंगलबार ¥याफटिङ अन्तर्गतका अन्य दुई प्रतिस्पर्धाहरु हुने सहाशिक खेलकुदका संयोजक एवं परिषदका बोर्ड सदस्य बसन्तराज दवाडीले बताए । उनका अनुसार भोली स्प्रेन हेड टु हेड र मंगलबार सालोलम डाउन रिभर रेस हुनेछ ।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जानकारी दिए । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौस्थान प्राप्त गर्ने खेलाडीहरु क्रमश नगद रु ३०, २०, १५, १० र ५ हजार प्रदान गरिने उनले बताए ।
र्याफटिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक एवं खेलका मुख्य प्रशिक्षक निम बहादुर मगरले बताए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको छ । सोही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको समेत छनौट हुने मगरले बताए ।
काली गण्डकीलाई सहाशिक खेलकुदको गन्तव्य बनाउन परिषदको पहलमा गत माघ २० गते अध्ययन सम्पन्न गरेको थियो ।
काली गण्डकीलाई सहाशिक खेलकुदको गन्तव्य बनाउन परिषदको पहलमा गत माघ २० गते अध्ययन सम्पन्न गरेको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’