पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भइरहेको रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक तस्वीर प्रर्दशनीमा गर्न एक हप्ता समय थपिएको छ ।
फोटो प्रदर्शनी अवलोकनकर्ताले अभिरुचि देखाएकाले समय थपिएको संग्रहालय कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् ।
‘पोखरामा पहिलोपटक भएर होला ! धेरैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । अल्पकालीन रुपमा फोटो प्रदर्शनी गरिएकाले अब यो मौका आउँदैन’, न्यौपानेले भनिन्, ‘अहिलेलाई एकहप्ता फेरि समय थपेका छौं ।’ फोटो प्रर्दशनी अब फागुन ७ गतेसम्म चल्नेछ ।
संग्रहालयले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा पाटन दरबार संग्रहालय र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा फोटो प्रदर्शनीमा राखेको थियो । माघ २२ गतेदेखि सुरु भएको फोटो प्रदर्शनीमा एकहप्तामा ३ हजार २ सयजना भन्दा बढीले अवलोकन गरेको संग्रहालयले जनाएको छ ।
माघ २२ गते ललितपुरका मेयर चिरिबाबु महर्जन र पोखराका मेयर धनराज आचार्यले संयुक्त रुपमा फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए । दिवसको अवसरमा प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनीमा राखिएको छ । साथै, हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक तस्वीरहरु पनि प्रदर्शनमा राखिएको छ ।
‘हनुमान ढोका दरबार संग्रहालय तथा विकास समितिको सहकार्यमा शाही चित्रकार तथा दरबार फोटोग्राफर दीर्घमान चित्रकार र उनका छोरा गणेशमान चित्रकारले खिचेको चित्र, तस्वीर, दरबार क्षेत्रका स्मारक, जात्रा, उत्सव, तथा जनजीवन झल्किने फोटो एकहप्तासम्म पोखरामै हेर्न व्यवस्था मिलाएको छौं,’ न्यौपानेले भनिन् ।
प्रदर्शनीमा पाटन ढोका दरबार क्षेत्रका महत्वपूर्ण सम्पदाहरु तलेजु मन्दिर, प्रताप मल्लको परिवारसहितको शिलास्तम्भ, मल्लकालीन मूलचोक, मोहनचोकलगायत प्रथम विश्व युद्धका लागि तयार पारिएका नेपाली सेना, १९९० सालको महाभूकम्प आदि झल्कने २२ तस्वीर पनि राखिएको छ ।
साथै, २१ औं पर्वतीय संग्रहालय दिवसको अवसरमा जर्मनी आरोही हेनिज स्टेन्मिजले नेपालको अन्नपूर्ण चौथो आरोहण गर्दा खिचेको ऐतिहासिक फोटोसमेत प्रदर्शनीमा राखिने भएको छ । हेनिजले सन् १९५५ मा अन्नपूर्ण चौथो आरोहण गरेका थिए । उनले अन्नपूर्ण चौथोसँगै चुलु, काङगुरु, दक्षिण लमजुङ हिमाल आदि आरोहण गरेका थिए ।
सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी