इन्डियन आइडलको टप टेनमा पुगेकी मेनुका पौडेल राष्ट्रपतिबाट सम्मानित

इन्डियन आइडलको टप टेनमा पुगेकी मेनुका पौडेल राष्ट्रपतिबाट सम्मानित

menuka paudel

राष्ट्रपति रामचन्द्र पौडेलले इन्डियन आइडलको टप टेनमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।

राष्ट्रपति पौडेलले सोमबार शीतलनिवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन्। इन्डियन आइडलको टप टेनमा पुगेकी मेनुका बाहिरिसकेकी छिन्।

राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मिहिनेत गरी आफ्नो क्षमता देखाएर मुलुकको सान र गौरव बढाउने उल्लेख गरे।

मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै उनले मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds