अन्नपूर्ण ९ उल्लेरीमा चाउमिन बनाउने तालिमसँगै मेसिन हस्तान्तरण

अन्नपूर्ण ९ उल्लेरीमा चाउमिन बनाउने तालिमसँगै मेसिन हस्तान्तरण

annapurna 9

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ९ उल्लेरीमा चाउमिन बनाउने तालिम सँगै मेसिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आयोजनामा संचालित “गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)“ अन्तर्गत महिलाहरुलाई आर्थिक रुपमा सक्षमता र उद्यमी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उल्लेरी लघु उद्यमी समूहका लागि चाउमिन बनाउने मेसिन हस्तान्तरण, तालिमको प्रमाणपत्र वितरण कार्यक्रम गरिएको वडा अध्यक्ष रमेश गुरुङले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. १ अध्यक्ष तुलसीप्रसाद अधिकारी, कार्यपालिका सदसस्य पुष्पा पुन, फोकल पर्सन ठाकुरप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds