स्याङ्जामा विवाहकै दिन एक जोडीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । विवाह पश्चात् घरमा बेहुली भित्र्याउने क्रममा ती जोडीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
गत माघ ११ गते पुतलीबजार नगरपालिका-७ कि १७ वर्षीय किशोरी घरबाट कसैलाई नसोधी हिँडेपछी सम्पर्कविहीन थिइन् । परिवारको सम्पर्कमा नआएपछि किशोरीकी आमाले सोही दिन प्रहरीमा छोरी हराएको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
रानाले बालिका हराएको उजुरीको सातौं दिनमा पुतलीबजार नगरपालिका-४ का १८ वर्षीय किशोरसंग बालिकाको बालविवाह हुन लागेको सूचना आएको बताए । हराएकी बालिका विवाह गर्ने तयारीमा रहेको खबर आएपछि ती जोडीबीच बालविवाह भएको हो वा होइन भन्ने विषयको अनुसन्धान गरी प्रहरीले बालविवाह गरेको प्रमाणित भएसङ्गै उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी रानाले बताए ।
केटाको घर नजिकै रहेको शिव मन्दिरमा बाजा बजाएर तामझामका साथ विवाहका सबै रीत पूरा भइसकेको थियो । घरमा बेहुली भित्र्याउन केही समय मात्र बाँकी रहँदा जोडीलाई पक्राउ गरिएको डिएसपी रानाले बताए । उनले विवाहमा बालिका पक्षको संलग्नता नरहेपनि बालविवाहमा जन्तीसहित केटा पक्षको संलग्नता रहेको बताए ।
डिएसपी रानाले बालविवाह पुष्टि भएसङ्गै पक्राउ गरिएको जोडीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिए । उनले दुईजनाबीच प्रेमपछि विवाह भएको अनुमान गरिएको र आवश्यक अनुसन्धान गरिरहेको बताए ।
डिएसपी रानाले २० वर्ष नपुगी गरेको विवाहलाई कानुनी मान्यता नदिने भएकाले उक्त विवाह कानुनतः बदर हुने बताए । विवाह गर्ने जोडीलाई मुलुकी अपराधसंहिता,२०७४ अनुसार विवाह कसुरमा कारबाही हुनेछ । नेपालको कानुनमा २० वर्षभन्दा पहिला विवाह गर्ने जोडीलाई तीन वर्ष जेल र तीस हजार रुपैयाँसम्मको कारबाही हुने उल्लेख गरिएको छ ।
किशोरी ११ कक्षामा अध्ययनरत छन् भने १२ कक्षा अनुत्तीर्ण भएपछि किशोरले टेम्पु चलाउँदै आएका छन् ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्