स्याङ्जा प्रहरीको जिम्मेवारी शालिग्राम शर्मालाई, राउत काठमाडौं उपत्यकामा सरुवा

सरूवा

स्याङ्जा प्रहरीको जिम्मेवारी शालिग्राम शर्मालाई, राउत काठमाडौं उपत्यकामा सरुवा

७८ एसपीको सरूवा

shaligram sharma

प्रहरी प्रधान कार्यालयले मंगलबार ७८ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गरेको छ ।

सरुवासङ्गै शालिग्राम शर्मालाई स्याङ्जा प्रहरीको जिम्मेवारी दिइएको छ भने स्याङ्जाका प्रमुख संजय बहादुर राउतको काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ती सुरक्षा महाशाखामा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अवदेश विष्ट क्षेत्रीलाई काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानीपोखरी सरुवा गरिएको छ भने प्रदेश कार्यालय पोखरा, कास्की अपराध अनुसन्धान शाखाका केदार खनाललाई विषेश सुरक्षा गण, बेलचौतारा,तनहुँमा सरुवा गरिएको छ ।

बागलुङमा ऋषिराम कँडेल आएका छन् । धादिङमा गौतम मिश्रको सरुवा भई गौतमकुमार केसी आएका छन् । गोरखामा अख्तियारबाट बासुदेव पाठक आएका छन् ।

साइबर ब्युरो अपराध अनुसन्धान शाखा, भोटाहिटीका नरेन्द्र चन्दलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा सरुवा गरिएको छ ।

sp

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ