गण्डकीको स्थापना दिवसमा शुक्रबार प्रदेशभर बिदा

गण्डकीको स्थापना दिवसमा शुक्रबार प्रदेशभर बिदा

Sarbajanik-Bida-Public-Holiday-Gandaki-Pradesh-bida

पोखरा । गण्डकी प्रदेशले स्थापना दिवसमा सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवस फागुन ४ गते, शुक्रबार गण्डकीले सार्वजनिक बिदा दिएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले बताए । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा लागू हुने ढकालको भनाइ छ ।

२०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । त्यसै दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ