पोखरा। १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२४ मा केन्याका धावकले वर्चश्व कायम गरेका छन् । केन्याका तीन धावकले प्रथम, द्वितीय र तृतीय स्थान कब्जा गरे ।
नेपाल भूतपूव खेलाडी मञ्च आयोजनामा पोखरामा शनिबार भएको ४२ दशमलब १९६ किमीको खुला म्याराथनमा केन्याका जुलियास मुरौकी वाहोम च्याम्पियन हुँदै नगद ५ लाख रुपैयाँ पुरस्कार जित्न सफल भए ।
म्याराथन खुलातर्फ पहिलो भएका केन्याली धावक जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोश्रो भए ।
त्यस्तै, अर्का केन्याली धावक इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा दुरी पार गरी तेस्रो भए । किप्लीगाट १७ औं सस्करणका विजेता थिए । त्यस्तै नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा रहे । उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरे ।
खुला म्याराथनतर्फ दोश्रो भएका इसाक किहाराले नगद ३ लाख, तेश्रो भएका इडविनले नगद २ लाख र चौथो भएका किरण बोगोटीले ३० हजार नगद हात पारे ।

लगातार तेस्रो पटक केन्याका धावक विजेता बनेका हुन् । गत वर्ष २०७९ र २०७८ मा उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जितेका थिए । अघिल्ला दुवै संस्करणमा पनि दोस्रो स्थानसमेत केन्याकै खेलाडीले जितेका थिए ।

महिला २१ किमितर्फ सन्तोषी श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कोर्स रेकर्ड दर्ता गरिन् । उनले १ घन्टा १८ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै नगद रु १ लाख ५० हजार प्राप्त गरिन् ।
२१ किमि महिलातर्फ केन्याली अवीजल जेरोप १ घन्टा १९ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा राममायाँ बुढा १ घन्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै तेश्रो र १ घन्टा २१ मिनेट ०७ सेकेण्डमा दुरी पार गरेकी फुलमती राना चौथो भइन् ।

त्यस्तै, गण्डकी प्रदेशतर्फ सफल लामा, देव प्रसाद जलारी र मनोज अधिकारी क्रमश: पहिलो, दोश्रो र तेश्रो भए ।

यस्तै, पुरुष १० किमि दौडमा ३१ मिनेट १५ सेकेण्डमा दुरी पार गरी टंक बहादुर कार्की पहिलो, सुवास कार्की दोश्रो हुँदा ३२ मिनेट ३७ सेकेण्ड लगाए भने, तेश्रो भएका सन्जिब नेपाली तेश्रो ३३ मिनेट २९ सेकेण्डमा दुरी पार गरे ।

महिला १० किमि दौडमा ४२ मिनेट १६ सेकेण्डमा दुरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी सिमा चौधरी दोश्रो र ४४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै नम्रता गुरुङ तेश्रो भएकी छन् ।

५ किछि छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोश्रो र इश्वर ढकाल तेश्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गिता श्रेष्ठ दोश्रो र एन्जीला जिटी तेश्रो भइन् ।


५ किमि भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, निम बहादुर थापा क्रमश: पहिलो, दोश्रो र तेश्रो भए भने महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पगेनी क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन्


पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशि भएको म्याराथन समेत हो । विभिन्न ९ इभेन्टअन्तर्गत ४१ जना विजेतालाई पुरस्कारमा मात्रै १८ लाख १६ हजार नगद प्रदान गरिएको आयाजक मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
म्याराथनमा टेक्निकल डिभाइस चिप्स प्रयोग गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव एवं मञ्चका निवर्तमान पूर्व अध्यक्ष तेजबहादुर गुरुङले बताए ।


सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह