स्याङ्जामा ‘देवीस्थान कप फाइभ ए साइड फुटसल’ हुने

खेलकुद

स्याङ्जामा ‘देवीस्थान कप फाइभ ए साइड फुटसल’ हुने

devisthan

स्याङ्जाको पुतलीबजार नगरपालिकामा फाइभ ए साइड फुटसल हुने भएको छ ।

स्याङ्जाको देवीस्थान युवा क्लबले `स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद´ भन्ने मुल नारासहित देवीस्थान कप फाइभ ए साइड फुटसल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष नरेश गुरुङले जानकारी दिए ।

उनले उक्त प्रतियोगिता फागुन १६ गतेदेखि १९ गतेसम्म पुतलीबजार नगरपालिका-२ देवीस्थान खेलमैदानमा हुने बताए ।

फुटबल प्रतियोगितामा प्रथम हुने टीमलाई ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुने टीमलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिने खेल संयोजक सोनु गुरुङले जानकारी दिए ।

मेन अफ द म्याच, बेस्ट प्लेयर, बेस्ट गोलकिपर र  हाई स्कोररलाई पनि उत्कृष्ट पुरस्कार रहेको संयोजक गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds