पोखरा । कन्या क्याम्पसमा हल्ट प्राइज प्रतियोगिता सम्पन्न भएको छ। हल्ट प्राइज फाउन्डेसन अन्तर्गत यस संस्थाले स्नातक/स्नातकोत्तर पढ्दै गरेका विद्यार्थीलाई सामाजिक उद्यमशीलतामा अधीन रहेर व्यवसायिक विचारको प्रतियोगिता सम्पन्न गरेको हो।
प्रतियोगितामा टीम प्राग्म्याटिस्ट प्रथम, टीम ह्वाईट गोल्ड द्वितीय र टीम ब्राभोजले तृतीय स्थान प्राप्त गरे । प्रतियोगितामा टीम ट्रायो र टीम चेन्ज मेकर्ससहित यी ५ समूहले भाग लिएका थिए।
कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुन सफल समूहलाई पुरस्कार, खादा, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो।

कार्यक्रम क्याम्पस निर्देशक सन्जना पुडासैनीको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरको विशेष आतिथ्यतामा भएको कार्यक्रममा किशोर पनेरु (डेपुटी कन्ट्री कोर्ओडीनेटर, हल्ट प्राइज नेपाल), सचिन घिमिरे (स्टार्टअप कोर्ओडीनेटर, हल्ट प्राइज नेपाल), दामोदर भुसाल (अनक्याम्पस कोर्अडीनेटर, हल्ट प्राइज नेपाल) को उपस्थिति रहेको थियो।
त्यस्तै एक्सपर्टको रूपमा आशिष लामिछानेको उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा दिव्या न्यौपाने (म्यानेजिङ डिरेक्टर, पोखरा जाभा बारिस्टा स्कूल), प्रसान्त भट्ट (इन्जिनियरिङ म्यानेजर, यार्सा टेक) र अस्तित्व शर्मा (फाउन्डर एण्ड सी. ई.ओ, नमो होलिडेज) थिए ।
कार्यक्रममा उपस्थित सबै प्रमुख अतिथि, विशिष्ट अतिथि, निर्णायक मण्डल, मीडिया पार्टनर, एक्सपर्टहरुलाई खादा, प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो।
कार्यक्रममा हल्ट प्राईज कन्या क्याम्पस समितिका क्याम्पस निर्देशक लगायत सम्पूर्ण साथीहरूलाई पनि प्रमाण पत्र हस्तान्तरण गरिएको थियो। उपस्थित सम्पूर्ण अतिथिहरुले आफ्नो विचार व्यक्त गरेका थिए।
हल्ट प्राईज कन्या क्याम्पस समितिकी क्याम्पस निर्देशक सन्जना पुडासैनीद्वारा आफ्नो धन्यवाद मन्तव्य सहित कार्यक्रम सम्पन्न गरिएको थियो।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो