माछापुच्छ्रेमा चरकको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट ३६७ जना लाभान्वित

स्वास्थ्य शिविर

माछापुच्छ्रेमा चरकको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट ३६७ जना लाभान्वित

६५ जना रेफर

charak machhapuchhre

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मंगलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ६७ जना लाभान्वित भएका छन् ।

माछापुच्छ्रे गाउँपालिका कार्यालयले आयोजना गरेको शिविरमा चिकित्सकीय सुविधा र औषधिको प्राविधिक सहयोग पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलले गरेको थियो ।

चरकले यसअघि गोरखा, म्याग्दी, बागलुङ लगायतका स्थानमा पनि पूर्ण सेवा सहितको प्राविधिक सहयोग गरिसकेको छ । प्रबन्ध निर्देशक कपिल पोखरेलले गाउँ गाउँमा यस्ता शिविर सञ्चालनलाई निरन्तरता दिने बताए ।

३६७ मध्ये भिडियो एक्सरे सेवा लिने १६५, मुटुको ईसिजी सेवा लिने १४५, स्त्री रोग सेवा लिने १२५ जना रहेका छन् । ६५ जनामा मुटुको रोग, स्त्री सम्बन्धी रोग लगायतका समस्या देखिएकाले उनीहरूको आगामी उपचार चरकले सहुलियत रुपमा गर्ने भएको छ ।

शिविरमा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी, भीआइए परीक्षण, पाठेघरको भिडियो एक्सरे, पाठेघर तथा स्तन क्यान्सर सहित स्त्री रोग सेवा, बालरोग सेवा, जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो ।

चरक हस्पिटलका चिकित्सकहरु डा. सरोज पोखरेल (वरिष्ठ फिजिसियन), डा. एस.के. जायसवाल (वरिष्ठ मुटुरोग विशेषज्ञ), डा. ओमकुमार श्रेष्ठ (रेडियोलोजिस्ट), डा. जुकल श्रेष्ठ (एमड, जीपी, डीएम ईमर्जेनसी मेडिसिन), डा. सुस्मित अधिकारी र डा. सुमिता गुरुङ (मेडिकल अफिसर) ले शिविरमा जाँच गरेको हस्पिटलका पिआरओ सोबित सुवेदीले जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले चरकले ईसिजी, भिडियो एक्सरे सुविधासहित प्राविधिक सहयोग प्रदान गर्दा गाउँबासीको स्वास्थ्य जाँचमा निकै फाइदा पुगेको बताए । उनले यो शिविरलाई निरन्तरता दिने बताए ।

स्वास्थ्य चौकीका अध्यक्ष मधुसुदन अधिकारी, हेल्थ कोओर्डिनेटर डिल्लीराम दाहाल लगायतले कार्यक्रममा बोलेका थिए ।

सम्बन्धित समाचारः

चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर

चरक अस्पतालको सहयोगमा म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर
६५० जना लाभान्वित

चरकको प्राविधिक सहयोगमा गाेरखामा निःशुल्क स्वास्थ्य शिविर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds