पोखराको बाल सुधार गृहमा झडप, ३ जना घाइते

पोखराको बाल सुधार गृहमा झडप, ३ जना घाइते

jhadap-झडप

पोखरा । पोखरामा रहेको बाल सुधार गृहमा झडप हुँदा ३ जना घाइते भएका छन् । पोखरा –१८ ग्यारजातिमा रहेको उक्त गृहमा सोमबार राति १० बजेतिर खाना खान लाइन बस्ने क्रममा झडप भएको हो ।

सुधार गृहका नाइकेसँग अन्य बालकहरूको भनाभन भएको थियो । त्यसपछि झडप हुँदा बागलुङ, म्याग्दी र स्याङ्जाका तीन युवक घाइते भएका कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य चोट लागेका उनीहरूलाई मणिपाल अस्पतालमा सामान्य उपचारपछि सुधार गृहमै लगिसकिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाल देशभर ८ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ