काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा स्याङ्जा जिल्ला कमिटी इन्चार्ज महेन्द्र थापा मगर, जिल्ला कमिटीका अध्यक्ष आरसी भट्टराईसहित जिल्ला कमिटीका पदाधिकारी, सदस्य तथा जिल्लाका पचासजना भन्दा बढी अगुवा कार्यकर्ता नेकपा (एमाले)मा फर्केका छन् ।
अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू गोकर्ण विष्ट र पद्मा अर्यालले पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा उनीहरूलाई खादा र अबीर लगाई स्वागत गरे ।
एमालेमा फर्कनेहरूमा जिल्ला कमिटीका सचिव श्री बहादुर गुरुङ, उपसचिव राजेन्द्र मरासिनी, सचिवालय सदस्यहरू राजु अर्याल, दयाराम पाठक, गोपाल प्रसाद अर्याल, लोकप्रसाद चापागाई, टक बहादुर नेपाली, अर्जुन खत्री, उदय न्यौपाने, सन्तोष ओस्ती, सुदर्शन घिमिरे, बल बहादुर थापा, मन बहादुर थापा, रेशमराज ढकाल, शिव भट्टराई, रुक्मागत ढकाल, लेखनाथ गहतराज, ध्रुव पाठक, चन्द्र बहादुर थापा, प्रविण कुमार गोर्खाली छन् ।
त्यसैगरी, जिल्ला कमिटी सदस्यहरू हरिबोल लम्साल, बरुण गैहे, सरिता ढकाल, दुकनारायण ढुंगाना, एक नारायण अर्याल, शिवलाल अर्याल, नवदुर्गा कँडेल, रुद्र बहादुर विश्वकर्मा, टिपी लुईटेल, आरती सेन्चुरी, लोकमाया घले, मित्रबन्धु चापागाई, रसुल बक्स मियाँ, ममता गैह्रे, मोहन गिरी, विष्णु ओस्ती, सुनिसरा राना, हरिमोहन भण्डारी, भिम प्रसाद शर्मा, नारायण तिवारी (ख), भागीरथ तिवारी, वरुण चौधरी, वोलराज गौतम, रेशम दर्जी, प्रमोद गैह्रे, ढालबहादुर केसी र आँधीखोला गाउँ कमिटी सचिव थानेश्वर पौडेल पनि नेकपा (एमाले)मा फर्केका छन् ।

उनीहरू जिल्लाका विभिन्न पालिकामा पार्टी कमिटीको नेतृत्वमा थिए । साथै, जिल्लास्थित सबै जनसंगठन र वडा कमिटीहरू पनि नेकपा (एमाले)मा समाहित हुने निर्णय भएको जनाइएको छ ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले घर फर्किएकाहरूलाई भेदभाव नगरी सम्मानजनक जिम्मेवारी दिइने बताए । यसअघि नेकपा एसका तनहुँ जिल्ला इन्चार्ज प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ पनि नेकपा एमालेमा फर्किएका थिए ।

सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा