गण्डकीको हिँउदे अधिवेशन आह्वान

गण्डकीको हिँउदे अधिवेशन आह्वान

gandaki-pradesh-sava-f

पोखरा । गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन आह्वान भएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकार मन्त्रीपरिषदको बैठकको निर्णयबाट सिफारिस भएपछि नेपालको संविधानको धारा १८३ (१) बमोजिम प्रदेश अधिवेशन आह्वान भएको हो ।

फागुन १६ गते दिउँसो ४ बजे बैठक बस्ने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संसद बैठक आह्वान भएपनी पर्याप्त बिजनेस भने छैन।

समितिबाट पास भएको बीउ विजन सम्बन्धि र आम सञ्चार विधेयक माथि छलफल हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ