पोखरा महानगरपालिकाले सबै भवन तथा संरचना हरियो रङको हुनुपर्ने नीति ल्याएको छ ।
आज बुधबार महानगरपालिकाले सार्वजनिक गरेको पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड २०८० मा पोखरालाई ‘ग्रिन सिटी’को रुपमा विकास गर्न यो नीति ल्याएको हो ।
पोखराका भवन तथा पूर्वाधार निर्माण मापदण्ड सार्वजनिक गर्दै मेयर धनराज आचार्यले पोखराका घर भवनमा हरियो रङ लगाउने योजना पूरानै भएपनि अहिले कार्यान्वयन गर्न लागिएको उल्लेख गरे ।
‘स्याङ्जामै पुतलीबजार पर्पल सिटी छ । वालिङ पिंक सिटी छ । अब पोखरा पनि हरित सहरको रुपमा ग्रिन सिटी बन्नेछ’ मेयर आचार्यले भने ।
यस्तै, पोखरा महानगरपालिकामा अब बन्ने घर तथा भवन ५ तलासम्म बनाउन महानगरले दिने भएको छ । यसअघि पोखरामा साढे ३ तलासम्म मात्रै बनाउन पाइने मापदण्ड थियो । तर, जग्गा र पैसा हुनेले मनलाग्दी घर तथा संरचना बनाउँदै आएका थिए ।
आज बुधबार महानगरपालिकाले सार्वजनिक गरेको पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड २०८० मा ५ तलासम्म अग्लो घर तथा भवन बनाउन पाइने नीति छ । तर, घर बनाउनु अघि माटो परीक्षण गर्न भने अनिवार्य छ ।
मापदण्ड राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ ।

सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला