कृष्णमणिका तस्वीर र भिडियो अमेरिकामा हुने लाटोकोसेरो संरक्षण उत्सवमा प्रदर्शन हुने

अन्तर्राष्ट्रिय प्रदर्शनी

कृष्णमणिका तस्वीर र भिडियो अमेरिकामा हुने लाटोकोसेरो संरक्षण उत्सवमा प्रदर्शन हुने

Krishnamani photo at USA

नेपालका फोटो पत्रकार कृष्णमणि बरालले खिचेको फोटो तथा भिडियो अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो संरक्षण उत्सवमा प्रदर्शनी हुने भएको छ । अमेरिकाको मिनोसोटा राज्यको मिनोपोलिस सहरमा मार्च १ देखि ३ गतेसम्म प्रदर्शनी हुँदैछ ।

‘अमेरिकामा हुने प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्वपूर्ण योगदान रहेन विश्वास लिएको छु,’ बरालले भनेका छन् ।

बरालले ११ औँ संस्करणको लाटोकोसेरो तथा हुचील संरक्षण उत्सवको सन्दर्भ पारेर नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको भिडियो र नेपालमा लाटोकोसेरो तथा हुचीलको उद्धार, उपचार र प्रकृतिमा पुर्न फकाउने गरी व्यवस्थापनमा चुनौती समेटेर तीन प्रजातिका लाटोकोसेरो उद्धारका फोटो प्रदर्शनी गर्न लागेका हुन् ।

नेपालमा चरा लगायत वन्यजन्तु संरक्षणका लागि पछिल्लो समयमा भएका संरक्षण उत्सव, सचेतना कार्यक्रमले वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने सन्देश गाउँ गाउँ सम्म पुगेको छ । यो अभियानमा फोटो पत्रकार बराल पनि सक्रिय भइरहेका छन् ।

‘वन्यजन्तुको चोरी निकासी खुलम खुला हुने क्रम रोकिएको छ । सहरमा भालु लिएर हिँडेर पैसा उठाउने क्रम रोकिएको धेरै भएको छ । चरा बिक्री गर्न हिँड्ने जस्ता काम पनि अहिले निकै कम छ । सर्प टोकरीमा लिएर हिँड्ने र नचाउने क्रम पनि अहिले तोडिएको छ । वनका चरा घरमा ल्याएर पाल्ने क्रम पनि कम भएको छ,’ बरालले भने ।

यसरी चरा बिक्री गर्नु गैह्कानुनी हो भन्ने सचेतना बढेकै कारण चरा लिएर हिँडेको देखेमा वन कार्यालयलाई खबर गर्ने क्रम सर्वसाधारणले गर्न थालेको बराल बताउँछन् । उनी भन्छन्, ‘घाइते चरा वन्यजन्तुको उद्धार गरेर संरक्षण कर्मी वा वन कार्यालयमा खबर गर्ने क्रम पनि बढेको छ ।’

तर पनि संरक्षणमा नयाँ नयाँ चुनौती थपिएको बताउँछन् । वन्यजन्तुको भित्र भित्र चोरी सिकारी, विदेश निर्यात हुने क्रम अझै पनि धेरै छ । नेपालमा १३ वर्षदेखि लाटोकोसेरो तथा हुचील संरक्षणकालागि नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुँदै आएको छ ।

गिद्ध संरक्षण अभियानमा लामो समयदेखि लागेका बराल पोखरामा बसेर विशेषतः फोटो पत्रकारिता गर्छन् । उनी लाटोकोसेरो, हुचिल तथा गिद्धको उद्धार र संरक्षणमा सक्रिय छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ