पोखराको झण्डापार्कमा १९३ देशको झण्डामुनी कम्युनिष्ट घोषणा पत्र वाचन

पोखराको झण्डापार्कमा १९३ देशको झण्डामुनी कम्युनिष्ट घोषणा पत्र वाचन

Ghoshana-Patra-Bachan

पोखराको महेन्द्रपुल स्थित झण्डापार्कमा बसेर २३ जना युवाले कम्युनिष्ट पार्टीको घोषणा पत्र वाचन गरेका छन् ।

कम्युनिस्ट पार्टीको घोषणापत्र जारी भएको १७६ औं बर्ष पूरा भएको अवसरमा पोखरेली २३ जनाले २३ पृष्ठको कम्युनिष्ट घोषणापत्र वाचन गरेका हुन् ।

पोखरा महेन्द्रपुलस्थित भीमसेन पार्कमा निर्माण गरिएको झण्डापार्कका रहेको १९३ देशको झण्डामुनी बसेर मार्क्स र एंगेल्सका अनुयायीहरुले कम्युनिष्ट घोषणा पत्र वाचन गरेका हुन् ।

२३ जनाले पालैसँग एक एक पृष्ठ घोषणा पत्र वाचन गरेका थिए । १७६ वर्ष अगाडि त्यस बेलाको समाजको बिभेदलाइ चिर्न मार्क्स  र एंगेल्सले समाज रुपान्तरणको निम्ति कम्युनिस्ट घोषणापत्र जारी गरेका थिए ।

कम्युनिष्ट घोषणा पत्रमा प्रतिबद्ध भएर नीति, कार्यक्रम र व्यवहार लागु गर्न आग्रह गर्दै युवाहरूले घोषणा पत्र वाचन गरेका थिए ।

केही दिन अघि मात्रै खुल्ला गरिएको झण्डा पार्क नै युवाहरूले रोजे । यो पार्क अहिले चर्चामा छ । झण्डा पार्कको औचित्यताका बारेमा पनि बहस भइरहेकाले पार्कको चर्चा चुलिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ