चरेश बनाउने मेसिनसहित म्याग्दीमा बिक पक्राउ

लागुऔषध कारोबार

चरेश बनाउने मेसिनसहित म्याग्दीमा बिक पक्राउ

chares banaune

म्याग्दीको मालिका गाउँपालिका–२, रूमबाट प्रहरीले चामलको खाली बोरामा चरेश बनाउने फगामको मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल र ठूलो परिमाणमा प्याकिङ गर्ने प्लाष्टिकको झोला बरामद गरेको छ ।

गएको फागुन ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारको कालिपुलबाट रूमका ३४ बर्षिय तिलक बिकलाई ४ केजी ४५ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरको थियो ।

अनुसन्धानको क्रममा उनले घर नजिकैको सामुदायिक बनमा लुकाइ राखेको अवस्थामा फेला पारिएको प्रहरी निरिक्षक कुमार गुरूङले बताए । गाउँमै चरेस बनाएर सिधै ग्राहक र व्यापारीलाई पुर्याउने गरिएको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीसहित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्त विकको घर तथा आसपासका क्षेत्रमा खानतलासी गरेको थियो ।

विकलाई जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

केही वर्ष अगाडिसमेत रुमबाट बुटवलतर्फ लैजाने तयारीमा दरबाङबाट २३ केजी ५० ग्राम चरेशसहित पक्राउ परेका तीन महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ