गोरखामा ७ बर्षीया नाबालिका बलात्कार आरोपमा ५७ बर्षीय बिक पक्राउ

गोरखामा ७ बर्षीया नाबालिका बलात्कार आरोपमा ५७ बर्षीय बिक पक्राउ

dal

गोरखा । गोरखामा ७ बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका– १४ सलाङगिरीका ५७ बर्षीया सिताराम भन्ने दल बहादुर विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रहरीका अनुसार गत फागुन ९ गते बिहान ११ बजेको समयमा नाबालिकालाई ललाई फकाई गरी सलाङगिरिको झलौटे धारा वनमा लगी करणी गरेको आरोपमा नाबालिकाको आमा मार्फत जाहेरी दरखास्तको आधारमा करणी आरोपी विश्वकर्मालाई शुक्रबार पक्राउ गरिएको हो।

उनीमाथि थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ