पोखरा । रविन्द्र माकाजुुद्वारा लिखित दीपक बाटाजुद्वारा प्रकाशित पं.ऋषिकेशव पराजुलीको जीवनीमा आधारित ‘उदाहरणीय व्यक्तित्व पं. ऋषिकेशव’ नामक पुस्तक विमोचन गरिएको छ ।
राष्ट्रिय मा.वि.को हिरक जयन्तीका अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले शुक्रबार पुस्तकको विमोचन गरे । पोखराका बरिष्ठ शिक्षाशसेवी स्व.ऋषिकेशव पराजुुली पोखराको पृथ्वी नारायण क्याम्पस, राष्ट्रिय मा.वि., कन्या स्कुल, नबिन मा.वि. र पोखरा बृद्धाश्रमका संस्थापक रहेका थिए ।
कार्यक्रममा प्राज्ञ सरुभक्तले निस्वार्थ कर्मयोगिहरू कहिल्यै नहार्ने बताउँदै गण्डकी प्रदेशमा शिक्षा, समाजसेवा र लोकतन्त्रका लागि आजीवन संघर्ष, समन्वयको भुमिका निर्वाह गर्दै आउनु भएका पण्डित ऋषिकेशव पराजुलीको जीवन आगामी पुस्ताका लागि अनुकरणीय रहेको बताए ।
सामाजिक उन्नयनका लागि पराजुलीले पुर्याउनु भएको योगदान भुल्न नसकिने बताउँदै उनले हाम्रो समाजमा ईतिहासको अभिलेखन हुन नसकेको र त्यस्लाई पूरा गर्ने जिम्मेवारी आँफूहरूको भएको बताए ।
ऋषि केशव जस्ता सामाजिक व्यक्तित्वलाई स्थानीयस्तरमा पठनपाठनको लागि पाठ्यक्रममा राखिनुपर्ने बताउँदै उनले पोखरा महानगरले त्यस्ता ऐतिहासिक व्यक्तित्वको सम्मान गर्नुपर्ने बताए ।
बरिष्ठ नाट्यविद् प्रा.डा. रामचन्द्र पोखरेलले स्व.ऋषिकेशव पराजुली स्वयम् बिबेकशील श्रष्टा र द्रष्टा दुबै रहनुभएको बताए । सेवा नै धर्म हो भनेर आफ्नो जीवन अर्पिएका पराजुलीले आफ्नो उत्तरार्धमा असहाय बेवारिसे ज्येष्ठ नागरिकहरुलाई उद्दार हुने कर्म गर्नुभएको उनले बताए । पोखराको साठीघरे पराजुलीको बंशमा जन्मिएका पराजुलीले नेपालको सबैभन्दा ठूूलो पृथ्वीनारायण क्याम्पस स्थापनाका लागि करिब दुई सय रोपनी भन्दा बढि जग्गा दान गर्न प्रेरित गर्नुभएको पोखरेलले बताए ।
कार्यक्रममा राष्ट्रिय मा.वि.का अध्यक्ष रामबिक्रम राणा, लेखक रबिन्द्र माकाजु, प्रकाशक दीपक बाटाजु, साठीघरे पराजुली समाजका अध्यक्ष बिश्वगोपाल पराजुली, प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, समाजसेवी बरुणविक्रम राणा लगायतले उनले समाजिक एवम् राजनीतिक क्षेत्रमा गर्नुभएको योगदान बारे चर्चा गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह