पोखरा । नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ ।
गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको छ ।
समितिको उपाध्यक्षमा कपिल शर्मा र सचिवमा उदीपराज ढुंगाना छन् । दुबै सन्ध्याको पूर्व अध्यक्ष थिए । कोषाध्यक्षमा यसअघिका सदस्य विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी चयन भएका छन् ।
सदस्यहरुमा पूर्वसचिव लक्ष्मण तिमिल्सिना, सदस्य माधव खतिवडा, सागर अधिकारी र करण कपुर खनाल छन् । नवनिर्वाचित अध्यक्ष क्षेत्रीले सन्ध्याको गरिमा र उचाईलाई कायम राख्दै सबैलाई समेट्दै जाने बताए ।
‘पोखरेली साहित्यमा गजल सन्ध्याको अहम् भूमिका छ । म फेरि गजलको त्यही राजमार्गमा आइपुगेको छु, जहाँ म हिजो पनि हिँडेको थिएँ र अहिले पनि हिँडिरहेकै छु,’ मनले भने, ‘अग्रज, समकालीन र नयाँ पुस्तालाई जोड्दै सन्ध्यालाई अगाडि बढाउँदै जान सहयात्रा गर्ने छौं ।’
यसअघि वसन्त विनोद सन्ध्याका अध्यक्ष थिए । अधिवेशनको उद्घाटन सत्रमा गजलको अघोषित पाठशाला बनेको सन्ध्याको गतिविधि शून्यप्राय बन्न पुगेको भन्दै पूर्वअध्यक्ष दीपक समीपले चिन्ता व्यक्त गरे ।
‘मैनबत्ति बालेर गजल वाचनका कार्यक्रम हुन्थे, वाचन गर्न प्रतिस्पर्धा चल्थ्यो । गजल सन्ध्याको गतिविधिले अन्य संस्था पनि छाँयामा थिए,’ समीपले भने, ‘आज सन्ध्याका उपस्थिति कमजोर बन्न पुगेको छ, फेरि उचाईमा पुगोस् ।’
संस्थापक अध्यक्ष दिलिप दोषीले लडेर, जुधेर त्यो बेला सन्ध्या स्थापना गरेको र स्थापनाकालीन पदाधिकारी तथा सदस्यहरु पछिल्लो समय नजोडिएको बताए । पूर्व अध्यक्ष अमृत सुवेदीले हिजो खल्तीबाट पैसा हालेर कार्यक्रम चलाउनुपर्ने, पुरस्कार बाँड्नुपर्ने परिस्थितिको अन्त्य गर्दै कोष स्थापना गरिएको तर अब फेरि सन्ध्यालाई व्यवस्थित ढंगले चलाउनुपर्ने चुनौति थपिएको बताए ।
पूर्वअध्यक्ष रुपिन्द्र प्रभावी संयोजक, संस्थापक अध्यक्ष दिलिप दोषी र सदस्य रामजीप्रसाद आचार्य सदस्य रहेको निर्वाचन समितिले सर्वसम्म कार्यसमितिको घोषणा गर्दै सपथ गराएको हो । शनिबार नै सन्ध्याको २ सय ४८ औं नियमित गजल वाचनसमेत भएको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु