पोखरामा आयो भारतमा सर्वाधिक लोकप्रिय ‘एथर’ इलेक्ट्रीक स्कुटर [फोटो/भिडियो]

शुभारम्भ

पोखरामा आयो भारतमा सर्वाधिक लोकप्रिय ‘एथर’ इलेक्ट्रीक स्कुटर [फोटो/भिडियो]

अटोवेज आधिकारिक बिक्रेता, नयाँबजारमा एथर एक्सपिरियन्स सेन्टर शुभारम्भ

Athar

पोखरा । भारतीय स्टार्टअप कम्पनी एथर इनर्जीका हाइ पर्फमेन्स स्कुटर एथर आजबाट पोखरामा बिक्री सुरु भएको छ ।

एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालि रहेको छ । पोखरा नयाँबजार स्थित आफ्नै भवनमा शोरुम ‘एथर एक्सपिरियन्स सेन्टरु शुभारम्भ गरी एथरको विक्री वितरण सुरु गरेको हो ।

पोखरामा एथर एक्सपिरियन्स सेन्टरको अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल, डाइरेक्टर सन्ध्या पौडेल, वैद्य ईनर्जीका सिईओ सुर्यांश वैद्यले संयुक्त रुपमा उद्घाटन गरे ।

वैद्य अर्गनाइजेशनको सहायक कम्पनी वैद्य इनर्जीले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसंगै काठमाडौँ र ललितपुर पछि पोखरामा बिक्रि वितरण शनिबारबाट सुरु गरेको हो ।

भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर पछिल्लो समय नेपाली बजारमा माग पनि बढिरहेको छ ।

पोखरामा पहिलो डिलरसंगै सर्भिस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिले नै स्थापित छन्, जुन अटोवेज भवन र लेकसाइडमा रहेका छन्। थप दुई चार्जरहरू शीघ्र सञ्चालन गरिने जनाइएको छ ।

अटोवेज प्रालिले टोयोटाको डिलरको रूपमा पनि विगत २० वर्ष भन्दा अगाडिदेखि पोखरामा सेवा दिइरहेको छ । ‘हामी अटोवेज प्रालिसँग सहकार्य गरी एथर एनर्जीलाई पोखरामा ल्याउँदा उत्साहित छौं’ वैद्य ईनर्जीका सीईओ सुर्यंश वैद्यले भने ।

अटोवेजले नयाँबजारमा शोरुम उद्घाटनपछि कम्पनी र एथरबारे जानकारी दियो । एथर उत्पादक कम्पनी एथर ईनर्जीका भारतीय प्रतिनिधि, वैद्य ईनर्जीका प्रतिनिधि टोलीको सहभागिता रहेको थियो ।

एथरको के छ फिचर ?

सेन्टरका म्यानेजर प्रदीप अधिकारीका अनुसार एथर ४५० एक्स स्कुटरको मूल्य २.९ किलोवाट आवर ब्याट्री मोडेलको तीन लाख ९९ हजार ९९९ रुपैयाँ र ३.७ किलोवाट आवर ब्याट्री मोडेलको मूल्य चार लाख ३९ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

एथरका स्कुटरमा प्रयोग गरिएका ब्याट्रीका लागि पाँच वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिइएको छ, यदि सो अवधिमा ब्याट्री हेल्थ ७० प्रतिशतभन्दा मुनि आएको खण्डमा नयाँ ब्याट्री उपलब्ध गराउने बताइएको छ ।

एथर इलेक्ट्रिक स्कुरमा अनौठो फिचर समावेश गरिएको छ । सो अटोहोल्ड फिचरले चालकलाई लड्नबाट जोगाउँछ । सो फिचर कम्पनीको नयाँ स्कुटरमा समावेश भएर आएको हो ।

एथर स्कुटरमा गुगल म्याप, मल्टी-स्टप ट्रिप प्लानर, ब्लुटुथ कल तथा म्युजिक कन्ट्रोल, थेफ्ट एण्ड टो अलर्ट्स लगायतका फिचर रहेका छन् । दुर्घटना, टुटफुट, पन्चर अथवा चार्ज सकिएको समयमा समेत भारतमा एथरले सातै दिन चौबीसै घण्टाको इमर्जेन्सी सहायता दिने प्रतिवद्धता समेत जनाएको छ ।

३.७ किलोवाट आवर क्षमता भएको ब्याट्रीले १५० किमि र २.९ किलोवाट आवर क्षमताको ब्याट्रीले १११ किमि रेन्ज दिने कम्पनीको दाबी छ ।

यो विद्युतीय स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ । जसलाई शून्यबाट ४० किमि प्रतिघण्टाको बेग समात्न ३.३ सेकेन्ड लाग्ने बताइएको छ ।

वाटर रेसिस्टेन्ट र डस्ट प्रुफका लागि आईपी ६५ रेटिङ, सात इन्चको टीएफटी टचस्क्रिन, फोरजी कनेक्टिभिटी, ब्लुटुथ ४.२ समेत एथर स्कुटरमा पाउन सकिन्छ ।

यति मात्र होइन एथर स्कुटरका लागि छुट्टै मोबाइल एप समेत रहेको छ । जसमा टो एण्ड थेप्ट नोटिफिकेसन, फाइन्ड माई स्कुटर, फाइन्ड एथर ग्रिड नियर यु, रियल टाइम चार्ज स्टाटस, पुस नेभिगेसन, राइड इनसाइट, एथर ट्रिप प्लानर आदि फिचर समावेश छन् ।

स्कुटरमा पार्क असिस्ट, अटो होल्ड, २२ लिटरको बुट स्पेस, साइड स्ट्यान्ड सेन्सर, अटो इन्डिकेटर कटअफ, स्विच अफ गर्दा समेत २० सेकेन्डसम्म हेडलाइट बल्ने, डकुमेन्ट स्टोरेज अन ड्याशबोर्ड, पछाडि बस्ने यात्रुलाई खुटा राख्ने स्थान पनि यो स्कुटरमा पाउन सकिन्छ ।

इमर्जेन्सी स्टप सिग्नल, लड्दा मोटरको पावर सप्लाई बन्द गर्ने फलसेफ, डुअल डिस्क ब्रेक आदि फिचर समेत रहेको एथर ४५० एक्स व्यक्तिगत अथवा फिक्स चार्जरले चार्ज गर्न सकिन्छ ।

३.७ किलोवाट आवर मोडेलको स्कुटर शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न साढे चार घण्टा र २.९ किलोवाट भर्सनलाई छ घण्टा ३६ मिनेट लाग्ने बताइएको छ । स्कुटरमा तीन वर्ष अथवा ३० हजार किलोमिटर र पोर्टेबल चार्जरमा तीन वर्षको वारेन्टी दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds