स्याङ्जाको चापाकोटमा स्वर्गीय सन्तोष थापा स्मृति कप २०८० को भलिबल प्रतियोगितामा स्याङ्जा र बाग्लुङ उपाधिका लागि भिड्ने भएका छन् ।
शनिबार भएको सेमिफाइनलमा पहिलो र दोस्रो सेट गुमाए पनि खेलमा फर्केर स्याङ्जाले नवलपुरलाई ३-२ को सेटमा १९–२५, १९–२५, २५–१५, २५–१९ र १५–१३ अङ्कले पराजित गरेको थियो र पर्वतलाई बाग्लुङले ३-१ को सेटमा २५–२१, २५–१९, २०–२५ र २५–१६ अङ्कले पराजित गरेसङ्गै स्याङ्जा र बागलुङ फाइनलमा भिड्ने भएका हुन् ।
चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेला २०८० को अवसर पारी नगर खेलकुद विकास समितिको समन्वयमा `स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल्कुद´ भन्ने मुल नारासहित गण्डकी प्रदेशका पुरुष भलिबल टीमका सदस्य स्वर्गीय सन्तोष थापाको स्मृतिमा चापाकोट नगरपालिका – ९ स्थित गङ्गालाल मा.वि. खेलमैदान, सुन्तलीटारमा भलिबल प्रतियोगिता गरिएको खेल संयोजक राजन दर्लामी मगरले जानकारी दिए ।
खेल संयोजक दर्लामीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने ६ वटा विभिन्न विधा उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सेटर, डिफेन्सर र सर्भर समेतले जनही ३ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेशका कुशल खेलाडी रहेका चापाकोट नगरपालिका-२ धुर्कोटका सन्तोष थापाको गत कार्तिक २७ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनकै स्मरणमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
आइतबारसम्म हुने प्रथम सन्तोष थापा स्मृतिकपको आमन्त्रित जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, नवलपुर, तनहुँ, कास्की, बाग्लुङ र लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा