पोखरा । पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने भएका छन् । यसअघि काठमाडौंबाट सामान ल्याएर होलसेल व्यापार गर्दै आएका चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले अबदेखि चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्न लागेका हुन् ।
काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगो पर्ने हुँदा प्रतिष्पर्धात्मक बजारमा गाह्रो हुने भएकाले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्न लागिएको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुल थापा (राजन)ले जानकारी दिए । विगत १० वर्ष अघिदेखि नै त्यहाँका केहि व्यवसायीले विदेशबाट सिधै सामान ल्याएर बेच्ने गरेपनि अहिले अधिकांश होलसेल व्यवसायीले सिधै ती देशबाट सामान ल्याएर बेच्न लागेको उनले बताए ।
चीन, थाईल्याण्ड र भारतका बाट सिधै सामान ल्याउँदा सस्तोमा सामान आउने र ग्राहकलाईपनि सस्तोमा सामान दिन सकिने भएकाले काठमाडौंको सट्टा सिधै ती देशबाट सामान ल्याएर बेच्न लागिएको उनको भनाई छ । ‘ती देशबाट सिधै ल्याउँदा सामानपनि गुणस्तरीय, फरक/फरक आईटम, रोजेरपनि ल्याउन पाइने हुँदा सामानपनि राम्रो र सस्तोपनि हुन्छ ।’ उनले अबदेखि नेपालमा उत्पादन हुने सामानहरुपनि सिधै उद्योगबाटै खरिद गरेर ल्याईने जानकारी दिए । यसले गुणस्तर कायम गर्न र मूल्यपनि केहि कम पर्ने उनको भनाई छ ।
विदेशबाट सिधै सामान ल्याउने प्रयास स्वरुप सर्वेश्वर मार्गका एक दर्जन भन्दा बढीको टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको अध्यक्ष थापाले जानकारी दिए । यसअघि पुसको मध्यतिर दुई दर्जन जनाको टोली चीन गएर सामान ल्याएको थियो । आज फेरी अर्को टोली सामान लिन शनिबार राती चीनतर्फ जान लागेको अध्यक्ष थापाले बताए ।
तीन चरणमा गरेर चार÷पाँच दर्जन जनाको टोली चीन गएर सामान ल्याउने कार्यक्रम रहेको समितिका बरिष्ठ उपाध्यक्ष छविलाल गौतमले बताए । दोश्रो टोली आज राती ११ः५५ बजेको फ्लाईटमा सामान लिन चीन जान लागेको उनले बताए । टोलिमा फेन्सी, कस्मेटिक, जुत्ता, चप्पल तथा ब्रा पेन्टीका होलसेल व्यवसाय गर्ने व्यवसायीहरु रहेको उनले जानकारी दिए । उनका अनुसार यो टोलीले चीनको ग्वाञ्झाओ, फुजियान र ईयू पुगेर सामान खरिद गर्नेछ । तेश्रो टोली भने मार्चको पहिलो हप्ता सामान लिन चीन जाने उनले जानकारी दिए ।
होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु