पोखरा । पोखरा महानगरपालिका– १० मा रहेको कामना टोल विकास संस्थाले पत्रकार एमबी आस्था सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । कामना टोल विकास संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनको अवसर पारी संस्थालाई अतुलनिय योगदान गरेको भन्दै पत्रकार एमबी आस्था मगर, हिमालय बख्रेल, सुक बहादुर गुरुङ, सीमा गुरुङ र अमृता गुरुङलाई सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै पोखरा महानगरपालिका– १० का अध्यक्ष राजेश गुरुङले आफु निर्वाचित भएर आएपछि वडामा रहेका भित्री सडकको स्तरोन्नतीमा ध्यान दिंदा अमरसिंह देखि कालिका स्कुल र हिमालय बैंक देखि वडा कार्यालय सम्मको सडक अलपत्र परेको बताए । आगामी वर्षभित्रमा उक्त सडकको स्तरोन्नती गर्ने उनको प्रतिवद्धता रहेको थियो ।
यसैबिच, संस्थाको तेह्रौं साधारण सभा तथा छैठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि पुनः कृष्ण बहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्षमा जिवन वराल, सचिवमा डिल बहादुर कार्की, कोषाध्यक्षमा चन्द्र प्रसाद गुरुङ र सह–कोषाध्यक्षमा सुक बहादुर गुरुङ निर्वाचित भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा उमादेवी प्रधान, हुम कुमारी गुरुङ, डायमण्ड हमाल, रुद्र प्रसाद गुरुङ, राम प्यारी गुरुङ र राधा गुरुङ निर्वाचित भएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो