धरानमा विमानस्थल निर्माणको सम्भावना नभएको प्राधिकरणको निष्कर्ष, हर्क साम्पाङ आक्रोशित

धरानमा विमानस्थल निर्माणको सम्भावना नभएको प्राधिकरणको निष्कर्ष, हर्क साम्पाङ आक्रोशित

Green and White Minimalist Nature Travel Vlog Youtube Thumbnail

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माणको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।

प्राधिकरणले इन्जिनियर नलबहादुर थापाको अध्यक्षतामा बनाएको समितिले दिएको प्रतिवेदनअनुसार धरानमा विमानस्थल निर्माण सम्भव नरहेको बताएको हो ।

हवाई नीति विपरीत ४० नटिकल माइलभित्रै अर्को विमानस्थल रहेको, एकतर्फी मात्रै यात्रु हुने तथा वानवे एप्रोच हुने, नियमित व्यवसायीक उडानको सम्भाव्यता नभएको र प्राविधिक रुपले पनि विमानस्थल निर्माण संभावना नभएको प्राधिकरणको अध्ययन समितिको निष्कर्ष छ ।

यस अघि पर्यटन मन्त्री सुदन किराँतीको निर्देशनमा धरानमा विमानस्थल निर्माण गर्न अध्ययन समिति गठन भएको थियो ।

यता, प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न नमिल्ने निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।

हर्कले सामाजिक सञ्जाल फेसबुकमा नियम संशोधन गरेर भए पनि विमानस्थल बनाइछाड्ने भन्दै आक्रोश व्यक्त गरेका हुन्।

उनले संविधान समेत परिवर्तन हुने बताउँदै नियमावली संशोधन गरेर भएपनि विमानस्थल बनाउने दाबी गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ