पोखरा वडा नं. १३ मा युवा लक्षित गरी ‘जब फेयर’ हुँदै

जब फेयर

पोखरा वडा नं. १३ मा युवा लक्षित गरी ‘जब फेयर’ हुँदै

वडा कार्यालय प्रांगणमा शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने

Pokhara ward No. 13

युवा नेतृत्वमा उदाहरणीय काम हुँदै आइरहेको पोखरा वडा नं. १३ ले युवा रोजगारीका लागि आगामी शुक्रबार जब फेयर कार्यक्रम हुँदैछ ।

लायन्स र लियो क्लब पोखरा कन्टेनियलको सहकार्यमा हुने फेयर वडा कार्यालय प्रांगणमा बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म हुनेछ ।

वडामा भएका बेरोजगार युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम राखिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । जब फेयरमा विभिन्न १२ वटा स्टलबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ ।

वडामा भएका कोहि पनि युवा अब बेरोजगार बस्न नपर्ने वातावरण सिर्जना गर्ने उद्देश्य स्वरुप उक्त कार्यक्रम गर्न लागिएको उनले बताए । ‘अहिलेको सबै भन्दा प्रमुख समस्या भनेकै रोजगारी सिर्जना हो । वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगार दिलाउने गरी वडाले जब फेयर कार्यक्रमको अवधारणा अगाडि सारेको हो ।’ वडाध्यक्ष बरालले भने ।

जब फेयर मार्फत् वडाका बेरोजगार युवाहरुले रोजगार पाउनेमा वडाध्यक्ष बराल आशावादी देखिन्छन् । वडाका नागरिकको आयस्तर सुधार्न पनि जब फेयर कार्यक्रम सहयोग बन्ने उनले बताए । भौतिक विकास सँगै आर्थिक विकासमा समेत सुधार ल्याउने ध्येय बमोजिम जब फेयर कार्यक्रम राखिएको बरालको भनाई छ ।

जब फेयर कार्यक्रममा उपस्थित भएर लाभ लिन वडाबासीलाई आग्रह गरिएको छ । वडाध्यक्ष बरालका अनुसार उक्त फेयरमा उत्पादन देखि प्रविधिमैत्री विषयमा जानकारी मिल्नेछ ।

वडाले यसअघि पनि फरक ढङ्गको कार्यक्रम गर्दै आएको छ । प्रविधिमैत्री वातावरणलाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक विकासमा वडाको क्रियाशिलता लोभलाग्दो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ