पोखरामा ज्यान मार्ने कसूरमा प्युठानका केसी पक्राउ

पोखरामा ज्यान मार्ने कसूरमा प्युठानका केसी पक्राउ

dmfk

पोखरा । पोखरा महानगरपालिका –२ बाग्लुङ बसपार्कमा स्थानीय २ जनामाथि आक्रमण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेक छ।

पक्राउ पर्नेमा प्युठान स्थायी घर भई हाल पोखरा २ बाग्लुङ बसपार्क बस्ने वर्ष २६ का सुमन केसी रहेका छन् ।

मंगलबार राति ११ बजे झगडा हुँदा केसीको आक्रमणबाट ७० वर्षका देव राउत र ६० वर्षकी रुकमणी श्रेष्ठ घाइते भएका छन् । उनीहरूको साहारा अस्पतालमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।

राउत र श्रेष्ठमाथि काठको मुडा प्रहार गरी घाइते बनाएर केसी भागेका थिए । घटनापछि जिल्ला र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजी गर्नेक्रममा बुुधबार बिहान २ बजे नालामुखबाट उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका केसीबिरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ