पोखरा। मृगौला पीडित पासाङ लिम्बु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
इलाम जिल्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका ६ बस्दै आएका शेर्पाको उपचारका लागि संकलित १ लाख १० हजार रुपैयाँ बिहीबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ मार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।
सुवेदार कर्णबहादुर गुरुङले मृगौला पीडित शेर्पाको सहयोगका लागि स्वदेश र विदेशमा रहेका सहयोगीहरुबाट संकलित रकममा पोखरा महानगरपालिकाबाट दश हजार थप गरी रकम हस्तान्तरण गरिएको हो । कर्णबहादुरले सहयोगका लागि निवेदन दिएका थिए।
“उपचारको लागि बेलायत, पोखरा लगायतका व्यक्ति र संस्थाबाट संकलन गरेको र महानगरबाट पनि थप सहयोगका लागि निवेदन दिएको थिए । यहाँबाट दश हजार प्राप्त भयो, सबै गरेर १ लाख १० हजार उपप्रमुख मार्फत हस्तान्तरण गरियो” कर्णबहादुरले भने।
उनको निवेदन अनुसार महानगरले विपन्नलाई प्रमुख र उपप्रमुखले दश हजार सम्म सहयोग गर्न पाउने व्यवस्था अनुसार उपप्रमुख मञ्जुदेवी गुरुङले दश हजार थप गरि एकमुष्ठ रकम हस्तान्तरण गरिएको हो । पीडित शेर्पाका श्रीमान र एक छोरी रहेका छन् । शेर्पा विगत तीन वर्षदेखि मृगौला पीडित रोगको उपचार गराइउदै आएकी छन् ।
सहयोग रकम प्राप्त गरेपछि शेर्पाले आफनो उपचारका लागि सहयोग संकलन गर्ने बुबा कर्णबाहदुर गुरुङ र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे। “यो सहयोगले मेरो उपचारमा राहत पुग्ने छ” भने ।
पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मृगौला पीडित शेर्पाको स्वास्थ्य लाभको कामना गर्दै सहयोग संकलन गर्ने कर्णबहादुरप्रति धन्यवाद ब्यक्त गरे।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’