शनिबार पोखरामा ‘र्‍याप ब्याटल नेपाल’ अडिसन हुँदै

अडिसन

शनिबार पोखरामा ‘र्‍याप ब्याटल नेपाल’ अडिसन हुँदै

शनिबार बिहान ११ बजेबाट क्लब सिक्सटिनमा

rap audition

टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को पोखरा अडिसन शनिबार हुने भएको छ । उक्त अडिसन पोखराको क्लब सिक्सटिनमा हुँदै छ ।

युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सहआयोजनामा हुन लागेको रियालिटी साे ‘र्‍याप ब्याटल नेपाल’को अडिसन भारतदेखि सुरु भैसकेको छ। सिक्किमबाट सुरु गरिएको अडिसन दार्जिलिङ, सिलिगुढी, बिर्तामोड, इटहरी, जनकपुर, चितवनमा सकिसकेको छ भने आउँदो शनिबार पोखरामा हुन लागेको हो ।

पोखरा अडिसन प्रचार नेपालले व्यवस्थापन गरेको छ। पोखरा अडिसन शनिबार बिहान ११ बजेबाट क्लब सिक्सटिनमा हुने प्रचार नेपालका निर्देशक आशिष पुरीले जानकारी दिए। यो साे एपी वान टेलिभिजनमार्फत अप्रिलबाट प्रसारणमा आउनेछ।

नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मी शोमा निर्णायक रहने शोका निर्देशक सानु खानले जानकारी दिए। इभेन्ट निर्देशक डेभिलसिंह राजपूतले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाझ रम्ने वातावरण शोले दिने बताए।

गायक, संगीतकार तथा र्‍यापर विनोद ढकालसमेत निर्णायक रहने उक्त अडिसन पोखरा हुँदै अन्त्यमा काठमाडौंमा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ