पोखरा । घरबाट हराएको २१ औं दिनमा सेती नदी किनारमा पोखरा–३० का तेजराज ओझा मृत फेला परेका छन् । सेती नदी किनार (गगनगौंडा तल )मा उनको शव सडेको अवस्थामा फेला परेको हो ।
माघ २५ गते घरबाट ‘मर्निङ वाक’मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो । पोखरा र आसपासका सहरमासमेत खोजी गर्दा पनि नभेटिएका ओझा सेतीमा फेला परेको र बिहीबारै अन्ति दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार सेतीको बाँध खोल्नु अगाडि नै ओझाको शव फेला परेको कास्की प्रहरी कार्यालयका प्रहरी निरीक्षण सूर्य रानाले जानकारी दिए । ओझाको मृत्युको कारणबारे अझै खुल्न नसकेको प्रहरीको भनाइ छ । गाउँपालिकाबाट पोखरा–३० मा बसाइँ सरेका ओझा लामो समयमा भारतमा नोकरी गरेर फर्केका थिए । ओझाका २ छोरी छन् ।
परिवारका सदस्यले पनि उनी किन त्यसरी हराए र मृत्युसम्म पुगे भन्ने पत्ता लगाउन नसकेको आफन्तसमेत रहेका वडानम्बर २ अध्यक्ष राजन सुवेदीले जानकारी दिए ।
ओझालाई सुगर, प्रेसर पनि भएको र औषधि पनि नलगी गएकोले शंका लागेर उनकी छोरी स्मृति ओझाले अमेरिकादेखि खोजीका लागि अपिल गरेकी थिइन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ