स्याङ्जामा देवीस्थान कपको उपाधि प्रगति एसोसिएसनलाई

खेलकुद

स्याङ्जामा देवीस्थान कपको उपाधि प्रगति एसोसिएसनलाई

आयोजक देवीस्थान उपविजेता

devisthan cup

स्याङ्जाको पुतलीबजार नगरपालिकामा सञ्चालित देवीस्थान कप फाइभ ए साइड फुटसलको उपाधि प्रगति एसोसिएसनले जितेको छ ।

बुधबारदेखि सुरु भएको उक्त फुटसल प्रतियोगितामा देवीस्थान क्लबलाई २-० गोलले पराजित गर्दै उपाधि प्रगति एसोसिएसनले जितेको हो ।

विजेता प्रगति एसोसिएसनले ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता देवीस्थान क्लबले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप पाएको थियो ।

`स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद´ भन्ने मुल नारासहित स्याङ्जाको देवीस्थान युवा क्लबले पुतलीबजार नगरपालिका-२ देवीस्थान खेलमैदानमा देवीस्थान कप फाइभ ए साइड फुटसल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष नरेश गुरुङले जानकारी दिए ।

प्रतियोगितामा इमर्जिङ खेलाडी बनेका राहुल थापा, बेस्ट प्लेयर कृष्ण राना, बेस्ट गोलकिपर हिमाल गुरुङ र सर्वाधिक गोलकर्ता योगराज गुरुङलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको खेल संयोजक सोनु गुरुङले जानकारी दिए ।

प्रतियोगिताको समापनमा मनकामना आँखा उपचार केन्द्र, स्याङ्जाले नि:शुल्क आँखा शिविर र स्याङ्जा पश्चिमाञ्चल डेन्टल केयर सेन्टर, स्याङ्जाले नि:शुल्क दन्त शिविर संचालन गरी सहयोग गरेको आयोजक क्लबले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ