इस्लामावाद । पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन् । उनी पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता हुन् ।
गठबन्धनको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शरीफ राष्ट्रियसभा (नेसनल एसेम्ब्ली)बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका हुन्।उनी दोस्रो पटक सरकारको नेतृत्व गर्दैछन् । पाकिस्तानको उनी २४ औँ प्रधानमन्त्री हुन् ।
आइतबार ३३६ सदस्यीय संसदमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा शरीफले २०१ मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी उमर अयुवले ९२ मत प्राप्त गरे । अयुव पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान समर्थित हुन् ।
पाकिस्तानमा हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले प्रस्ट बहुमत हासिल गर्न नसक्दा पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपल्स पार्टीबिच गठबन्धन बनी सरकार गठन भएको हो ।
योसँगै पाकिस्तानी जेलमा रहेका विपक्षी नेता इमरान खानसमर्थित नेताहरूलाई सरकारमा पुग्न नदिने योजनामा गठबन्धनलाई सफलता मिलेको छ।
निर्वाचनको परिणाम घोषणा गर्दै नेसनल एसेम्बलीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले भने, “शहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ।”
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह