पोखरामा भोलि सोमबार महाकमेडी विथ महाजात्रा कार्यक्रम हुने भएको छ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ सभागृह हलमा आयोजना गरिएको जानकारी गराए ।
उनले पोखराका दर्शकले प्रत्यक्ष रुपमा कमेडी च्याम्पियनका कलाकारहरुसँग साक्षत्कार गर्न पाउने बताए । दर्शकहरुलाई सहर—सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने भण्डारीले बताए ।
उनले टिभीमा जोडिन नपाएका दर्शकहरुले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्न पाउने उल्लेख गरे । यात्रालाई लिएर भण्डारी आशावादी देखिन्छन् ।
पत्रकार सम्मेलनमा बोल्दै दीपाश्री निरौलाले पोखराका दर्शकसँग प्रत्यक्ष रुपमा महाकमेडी विथ महाजात्रा मार्फत जोडिन पाउँदा खुशी लागेको बताइन् । उनका अनुसार कमेडी च्याम्पिएनका कारण नेपालमा नयाँ हाँस्यकलाकारहरुले अवसर पाएका छन् । पोखरामा हुने उक्त कार्यक्रमले हाँस्यकलाकारितामा फरक छाप छाड्ने उनले बताइन् ।

पोखराको कार्यक्रमका लागि सहकार्य गरिरहेको पर्यटन व्यवसायी महिला संघ (टेवान) की अध्यक्ष कमला गिरीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छेकोमा महाकमेडी विथ महाजात्रा कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार पोखराको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
कार्यक्रमका लागि प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको छ । खल्तीबाट समेत टिकट काट्न सकिने उनले बताइन् । पोखरा बासीका लागि महाकमेडी विथ महाजात्रा महत्वपूर्ण रहेको भनाई उनको छ । दर्शकको सहभागिता उल्लेखिय रहनेमा उनी विश्वस्त छिन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाले समेत सहकार्य गरेको छ ।

सम्बन्धित खबर
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
फेवातालमा जाल हान्दा एसएलआर फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ