पोखरा । पुन एकता क्लब पोखराले १ लाख पुरस्कार राशीको खुला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फागुन २२ देखि २६ गतेसम्म हुने प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा सञ्चालन हुने क्लबले आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी पुरा भएको क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।
प्रतियोगिताका लागि सोमबारसम्म टिम दर्ताको समय तोकिएको उनले जानकारी दिए । मंगलबार टाइसिट ड्र गरी बुधबारदेखि खेल सञ्चालन गरिनेछ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस विधामा दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ राखिएको उनले बताए ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गर्बुजाले जानकारी दिए ।
महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए । उनका अनुसार भेट्रान्सले ४ हजार ५ सय रुपैयाँ बुझाएर टिम दर्ता गर्नुपर्नेछ भने महिलाको टिम सहभागिताका आधारमा शुल्क निर्धारण गरिनेछ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’