पोखरा । पुन एकता क्लब पोखराले १ लाख पुरस्कार राशीको खुला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फागुन २२ देखि २६ गतेसम्म हुने प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा सञ्चालन हुने क्लबले आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी पुरा भएको क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।
प्रतियोगिताका लागि सोमबारसम्म टिम दर्ताको समय तोकिएको उनले जानकारी दिए । मंगलबार टाइसिट ड्र गरी बुधबारदेखि खेल सञ्चालन गरिनेछ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस विधामा दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ राखिएको उनले बताए ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गर्बुजाले जानकारी दिए ।
महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए । उनका अनुसार भेट्रान्सले ४ हजार ५ सय रुपैयाँ बुझाएर टिम दर्ता गर्नुपर्नेछ भने महिलाको टिम सहभागिताका आधारमा शुल्क निर्धारण गरिनेछ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’