ठगी आरोपमा पोखराको विन्दवासिनी सहकारीका अध्यक्षसहित तीन पक्राउ

सहकारी ठगी शृंखला

ठगी आरोपमा पोखराको विन्दवासिनी सहकारीका अध्यक्षसहित तीन पक्राउ

bindabasini

पोखरा। सर्वसाधारणको निक्षेप फिर्ता नगरी ठगी गर्नेको सूचीमा पोखरामा अर्को एक सहकारी पनि थपिएको छ।

पोखरा महानगरपालिका -९ न्यूरोडमा रहेको विन्दवासिनी वचत तथा ऋण सहकारी सँस्था लिमिटेडले निक्षेपकर्ताहरुको बचत रकम हिनामिना र अपचलन गरी ठगी गरेको सार्वजनिक भएको हो।

निक्षेपकर्ताहरूको बचत रकम हिनामिना गरी ठगी गरेको आरोपमा प्रहरीले आइतबार उक्त सहकारीका संचालक समितिका अध्यक्ष ५६ वर्षीय सुवर्णमान नकर्मी, सहकारीका संचालक समिति सदस्य एवं ऋण संयोजक ३३ वर्षीय कृष्णमान श्रेष्ठ र संस्थाको रकम हिनामिना तथा अपचलन गर्ने ४५ वर्षीय (उदित) सन्दिप पौडेललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी तिलक मानन्धरका अनुसार उक्त सहकारीका पदाधिकारीहरूले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराको जाहेरी पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरुले सहकारीको करिब ७ करोड रुपैयाँ ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।

हाल उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट सहकारी ठगी सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको निमित्त सूचना अधिकारी मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ