पोखरा। सर्वसाधारणको निक्षेप फिर्ता नगरी ठगी गर्नेको सूचीमा पोखरामा अर्को एक सहकारी पनि थपिएको छ।
पोखरा महानगरपालिका -९ न्यूरोडमा रहेको विन्दवासिनी वचत तथा ऋण सहकारी सँस्था लिमिटेडले निक्षेपकर्ताहरुको बचत रकम हिनामिना र अपचलन गरी ठगी गरेको सार्वजनिक भएको हो।
निक्षेपकर्ताहरूको बचत रकम हिनामिना गरी ठगी गरेको आरोपमा प्रहरीले आइतबार उक्त सहकारीका संचालक समितिका अध्यक्ष ५६ वर्षीय सुवर्णमान नकर्मी, सहकारीका संचालक समिति सदस्य एवं ऋण संयोजक ३३ वर्षीय कृष्णमान श्रेष्ठ र संस्थाको रकम हिनामिना तथा अपचलन गर्ने ४५ वर्षीय (उदित) सन्दिप पौडेललाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी तिलक मानन्धरका अनुसार उक्त सहकारीका पदाधिकारीहरूले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराको जाहेरी पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरुले सहकारीको करिब ७ करोड रुपैयाँ ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।
हाल उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट सहकारी ठगी सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको निमित्त सूचना अधिकारी मानन्धरले जानकारी दिए ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा