गण्डकीका मुख्यमन्त्री पाण्डेले माओवादीका दुई मन्त्री बर्खास्त गरे

सत्ता गठबन्धन परिवर्तन असरः

गण्डकीका मुख्यमन्त्री पाण्डेले माओवादीका दुई मन्त्री बर्खास्त गरे

2 mantri barkhast

संघमा सत्ता समीकरण परिवर्तनसँगै त्यसको असर प्रदेशमा देखिन थालेको छ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त गरिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रबाट नियुक्त सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका छन् । दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।

यससँगै अब नयाँ सरकारका लागि कोर्स सुरु भएको छ । तर, गण्डकी प्रदेशमा नयाँ गठबन्धनलाई सरकार गठन गर्न सहज छैन ।

६० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको २२ र माओवादी केन्द्रको ८ सांसद (सभामुखसहित) छन् । बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक हुन्छ तर सभामुख माओवादी केन्द्रकै रहेका कारण माओवादी र एमालेका गरी २९ सांसद हुन्छन् ।

प्रदेशसभामा दुई सिट रहेको राप्रपा नै निर्णायक छ । राप्रपा नयाँ गठबन्धनमा नरहेकाले पनि नयाँ सरकार गठन कठिन छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds