मोरङमा किशोरीको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ

मोरङमा किशोरीको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ

pakrau

मोरङ । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया ज्ञानुमती राईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन खाँ चौधरी रहेका छन् ।

किशोरीको शव पोस्टमार्टमको लागि धरानस्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ शवको पोस्टमार्टम भोलि गरिने भएको छ ।

शौचालय जाने क्रममा उनीमाथि राति १०ः३० बजेतिर धारिलो हतियार प्रहार गरिएको थियो ।

खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ घर भएकी ज्ञानुमती पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनी पथरी शनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ