वालिङ क्याम्पस परिसरमा युवा रेडक्रस सर्कलद्वारा सरसफाइ तथा वृक्षारोपण

सामाजिक कार्य

वालिङ क्याम्पस परिसरमा युवा रेडक्रस सर्कलद्वारा सरसफाइ तथा वृक्षारोपण

waling tree plantation

स्याङ्जाको वालिङ बहुमुखी क्याम्पस परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

५९ औं जुनियर युवा रेडक्रस स्थापना दिवसको अवसरमा वालिङ बहुमुखी क्याम्पस युवा रेडक्रस सर्कलद्वारा क्याम्पस परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

वालिङ् बहुमुखी क्याम्पस, वालिङ्का क्याम्पस प्रमुख युवराज पाठकले जुनियर युवा रेडक्रस स्थापना दिवसको सुभकामना व्यक्त गरेका थिए । उनले सामाजिक भावना विकास गरेको रेडक्रसले हरेक परिस्थितिमा उदाहरणीय काम गर्ने गरेकोमा प्रशंसा गरेका थिए ।

युवा रेडक्रस सर्कल वालिङ् बहुमुखी क्याम्पसका संयोजक हरि रेग्मीको अध्यक्षतामा सम्पन्न भएको सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख युवराज पाठक, क्याम्पस सहायक प्रमुख तथा युवा जुनियर रेडक्रस सोसाइटी स्याङ्जाका संयोजक विष्णु सुवेदी गैह्रे, स्ववियु सचिव बिपिन कुँवर लगायत क्याम्पसका प्राध्यापकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

वि.सं. २०२१ फागुन २२ गते `म सेवा गर्छु´ भन्ने मुल नारासहित जुनियर तथा युवा रेडक्रसको स्थापना भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds