पोखरा नदिपुरस्थित प्रतिभा माविले विद्यालयमा भएका विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिका उत्कृष्ट विद्यार्थीलाई विहीबार पुरस्कृत गरेको छ ।
कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले विद्यालयमा भएका विभिन्न प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए । उनै प्रतिश्पर्धाका विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल तथा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटा, विद्यालयका प्राचार्य किरण सापकोटा सहित विद्यालय संचालक तथा शिक्षकहरुले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।
विद्यालयले यो वर्ष विज्ञान प्रदर्शनी, बिजनेस प्लान प्रेजेन्टेसन, फूड फेस्टिबल तथा विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको थियो । ती शैक्षिक गतिविधि र खेलकुद प्रतियोगितामा उत्कृष्ट र सहभागि भएका विद्यार्थीलाई एकैसाथ पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्राचार्य किरण सापकोटाले विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि गराउन वर्षेनी नियमित शैक्षिक र खेलकुदका कार्यक्रम गर्दै आएको बताए । उनले आगामि वर्ष पनि यस्तै गतिविधिले निरन्तरता पाउने जानकारी पनि दिए ।
‘विद्यार्थीमा लुकेको अदुभूत क्षमतालाई यस्तै गतिविधिमार्फत बाहिर ल्याउने हो,’ सापकोटाले भने, ‘प्रतिभाले विद्यार्थीलाई किताबि ज्ञानको साटो प्रयोगात्मक र व्यावहारिक सीप पनि सिकाउँछ । विद्यार्थीमा लुकेको क्षमता बाहिर ल्याउन पनि उत्तिकै प्रयास गर्छ ।’
विद्यालयमा यो पटक बास्केटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, फुटसल , चेस सहितका खेल गतिविधि भएका थिए । विद्यार्थीले विभिन्न समूह बनाएर आन्तरिक रुपमा प्रतिश्पर्धा गरेका थिए । त्यस्तै गणित क्विज, वक्तृत्वकला लगायतका प्रतिश्पर्धा पनि आयोजना गरिएको थियो ।

प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटले विद्यालय शिक्षामा संस्थागत विद्यालयको योगदान महत्वपूर्ण रहेको बताए । उनले संस्थागत विद्यालयले तारिफयोग्य योगदान दिएकै कारणले शैक्षिक क्षेत्रको प्रगति भएको पनि बताए ।
उनले वर्षभरी बिद्यालय भित्र विभिन्न शैक्षिक तथा खेलकुदका गतिविधि गरेर विद्यार्थीमा लुकेको क्षमता बाहिर ल्याउन संस्थागत विद्यालयको भूमिका रहेको बताए ।
‘विद्यार्थीमा अन्तरनिहित खुबी पहिचान गर्न यस्ता गतिविधिले सघाउँछ,’ देवकोटाले भने, ‘विद्यार्थीलाई किताबको कोर्ष पढाएर मात्र हुदैन अरु शैक्षिक गतिविधि गरेर उनीहरुमा लुकेको क्षमता बाहिर ल्याउनुपर्छ ।’ उनले समुदायमा शिक्षाको पहुँच पुगेको तर अब गुणस्तर कायम गर्नु जरुरी रहेको बताए ।
पछिल्लो समय शैक्षिक वा रोजगारीको शिलशिलामा नेपाल बाहिर जाने युवाको आकार बढेकोले नेपालको शिक्षा व्यावहारिक नभएको हो की भन्ने जिज्ञाशा उठेको पनि उनले बताए । ‘कक्षा १२ पछि बिदेशमा भेटौला भन्ने गरिएको छ । सबैको बिदेश प्रतिको मोह बढेको छ । बेलैमा बिचार नगर्ने हो भने विद्यार्थी अभाव अझै हुनेछ,’ उनले भने, ‘शिक्षालाई व्यावहारिक बनाउने हो भने विदेश जाने क्रम केही कम गर्न सकिन्छ ।’
विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालयले वार्षिक रुपमा क्यालेन्डर नै बनाएर विभिन्न गतिविधि गर्दै आएको बताए । ‘विद्यार्थीले आफ्नो क्षमता देखाउने अवसर ती प्रतिश्पर्धालाई बनाएका थिए । विद्यार्थीका ती योजना, रचना र सिर्जना निकै नै चाखलाग्दा थिए । आगामि दिनमा पनि यस्तै कार्यक्रम गरेर विद्यार्थीको क्षमता बाहिर ल्याउने प्रयास हुनेछ,’ उनले भने ।
अध्यक्ष पौडेलका अनुसार विज्ञान प्रदर्शनी, विजनेस प्लान प्रेजेन्टसन र फूड फेस्टिबलमार्फत विद्यार्थीले क्षमता देखाएका थिए । ‘बिजनेस प्लान प्रेजेन्टेसन यति आकर्षक थियो की विद्यार्थीले प्रस्तुत गरेको क्षेत्र नै भविश्यमा व्यवसाय गर्नका लागि काफि थियो,’ उनले भने ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु