अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटिको २५ आँै सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले सन्तोष पौडेलको संयोजकत्वमा २१ सदस्यीय क्याम्पस कमिटि गठन गरेको छ ।
क्याम्पसको सभाहलमा आयोजित एकल खुल्ला नृत्य प्रतियोगितामा बिपना विश्वकर्मा प्रथम भइन् । शान्ति बास्तोला द्वितीय र प्रतिक्षा रसाईलीले तृतीय स्थान प्राप्त गरिन् ।
विजयीहरूलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सहरी विकास मन्त्री तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य मेटमणि चौधरीले कार्यक्रममा बौल्दै अबको समय युवाहरू हात बाँधेर बस्ने समय नभएको बताए ।

देश भित्रै केहि गर्ने बेला आएको भन्दै उनले देश भित्रै आफ्नो अध्ययन पूरा गरी देश भित्रै सामाजिक, सांस्कृतिक , व्यवसायिक क्षेत्रमा लागेर आयआर्जनका माध्यममा जोडिन आग्रह गरे ।
देशमै बसेर केही गर्न चाहने युवाहरूलाई आफ्नो पार्टीले हरसम्भव सहयोग गर्ने पनि उनले बताए ।
विशाल नायक क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होम तामाङले स्वागत गरे भने कार्यक्रमको सञ्चालन सन्तोष पौडेलले गरेका थिए ।

नव निर्वाचित अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटि निम्नानुसार रहेको छ ।
अध्यक्ष :सन्तोष पौडेल
उपाध्यक्ष :पुस्पा गौडेल
सचिव : भुवनेश्वर तिवारी
सहसचिव: युनिक क्षेत्री
सहसचिव: प्रविन बि क
कोषाध्यक्ष: श्रवण कुमार सुनुवार
सदस्यहरुः
रेशम नायक क्षेत्री
मुवाज आलम
खुसिमान गुरुङ्ग
गोबिन छ्न्त्याल
निश्चल सिंह भन्डारी
अमृत परियार
सुजित पौडेल
सन्देश पौडेल
नवीन रिजाल
गोबिन्द अधिकारी
सृष्टि न्यौपाने
दिपा पौडेल
सरस्वती गैर्हे
अप्सरा सुवेदी
कुशल भण्डारी
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु