पोखरा । स्वतन्त्र पत्रकार संघ, कास्की अध्यक्षमा कृष्ण रानाभाट निर्वाचित भएका छन् । संघको बिहीबार पोखरामा भएको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा डिल्लीराम काफ्ले, सचिवमा रजनी तामाङ, सहसचिवमा शिशिर पौडेल र कोषाध्यक्षमा राधा ढकाल निर्वाचित भए । सदस्यमा गणेश बज्र लामा, मदनराज जैसी, नवीन केसी र अल्चना श्रेष्ठ निर्वाचित भएको निर्वाचन मण्डल अध्यक्ष शिवप्रसाद गौतमले जानकारी दिए । रिक्त २ सदस्य मनोनीत हुने छन् ।
साधारणसभा उद्घाटन अवसरमा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले उत्कृष्ट समाज निर्माणका लागि स्वतन्त्र पत्रकारले उल्लेख्य भूमिका खेल्नुपर्ने बताए । देशमा भएका ठूला परिवर्तन पत्रकारिताकै माध्यमबाट सम्भव रहेकाले यसमा डटेर लाग्नुपर्ने उनको भनाइ थियो । भागबन्डे नीतिले विश्वविद्यालयदेखि पत्रकारिता क्षेत्र प्रभावित भएकाले त्यसतर्फ सजग रहन उनको सुझाव थियो ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वतन्त्र पत्रकारले पदको लोभ गर्न नहुने बताए । कुनै पार्टीको सदस्य भएर काम गरेको खण्डमा स्वतन्त्र पत्रकारबाट सिधैं पदच्यूत हुने उनले बताए । न्यायका लागि लड्ने पत्रकारको हकहित र संरक्षण गर्न संस्था स्थापना गरिएको उनले प्रस्ट पारे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय पार्षद् उमाकान्त शर्माले पत्रकारिताभन्दा माथि देश र जनता छन् भन्ने भावनामा रहेर पत्रकारिता गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतम, जिल्ला समन्वय अधिकारी नवराज बराल, सम्मानित व्यक्तिहरु सुरेश श्रेष्ठ, रजनी तामाङ लगायतले स्वतन्त्र पत्रकारिताबारे आ–आफ्नो धारणा राखेका थिए ।
सो अवसरमा पत्रकार रजनी तामाङलाई १० हजार नगद राशीसहित महिला पत्रकार सम्मान र स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव सुरेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो