टेवान अध्यक्ष गिरी गण्डकी सरकारबाट सम्मानित

सम्मान

टेवान अध्यक्ष गिरी गण्डकी सरकारबाट सम्मानित

पर्यटन विधातर्फ उत्कृष्ट महिला व्यवसायी

kamala girir

पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की अध्यक्ष कमला गिरी गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट महिला पर्यटन व्यवसायीका तर्फबाट सम्मानित भएकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले शुक्रबार टेवानकी अध्यक्ष गिरीलाई पर्यटन विधातर्फ महिला व्यवसायीमा उत्कृष्ठ ठहरर्दै  ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै पर्यटन क्षेत्रका महिलाहरूको हक, अधिकार र क्षमता अभिवृद्धि गर्नुका साथै सामाजिक रूपान्तरणमा पनि योगदान गरेको भन्दै गण्डकी प्रदेश सरकारले गिरीलाई सम्मान गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds