पोखरा । पोखरा महानगरपालिका–१४ को बाच्छीबुडुवामा सेती नदीले जमिन कटान गर्दा जोखिममा परेको शिवालय मन्दिर पुनःनिर्माण गरिएको छ । पुरानै मन्दिर भएको ठाउँको आडैमा बनाइएको नयाँ मन्दिरको शिवरात्रिको अवसरमा शुक्रबार गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले उद्घाटन गरे ।
वर्षेनि कटानको जोखिममा पर्दै आएको मन्दिर छेउको ग्याबिन एक वर्षअघि नदीको कटानले बगाएको थियो । त्यसपछि करिब १४ लाख ७० हजार रूपैयाँ लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो । सांसद केसीको पहलमा प्रदेश सरकारबाट ११ लाख ५० हजार रूपैयाँ र स्थानीयको जनश्रमदान ३ लाख १२ हजार रूपैयाँमा पुनःनिर्माण भएको हो ।
उद्घाटनपछि बोल्दै सांसद केसीले सेतीले गरेको कटान र वृद्धाश्रमको बारेमा आफूले संसदमा आवाज उठाइरहेको र आगामी दिनमा पनि आफ्नो दायित्वबाट पछि नहट्ने बताए । ‘मेरो निर्वाचन क्षेत्रमा अरू वडा पनि पर्छन् । अरू ठाउँमा पनि मैले योगदान गर्नु मेरो दायित्व हो,’ सांसद केसीले भने, ‘आफू हुर्के–खेलेको ठाउँ भएकाले मन्दिर र वृद्धाश्रमको मलाई माया छ ।’ उनले वृद्धाश्रमलाई व्यवस्थित बनाउन आफूले प्रदेश सरकारसँग माग गरेको र त्यसको फलोअप गर्ने सुनाए ।
कार्यक्रममा पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्की, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोकर्ण कार्की, मन्दिर पुनःनिर्माण समिति अध्यक्ष गुञ्जबहादुर कार्की, स्थानीय कमलनयन गौतमलगायत उपस्थित थिए । कार्यक्रम सञ्चालन मन्दिर पुनःनिर्माण समिति सचिव रेशम जिसीले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो