पोखरा । गण्डकी प्रदेश सरकारले १६ महिलालाई ५० हजारका दरले पुरस्कार दिएको छ । सामाजिक विकास मन्त्रालयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन पारेर विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका महिलाहरुलाई सम्मान गरेको हो ।
पत्रकारहरु दुर्गा अधिकारी, राधिका कँडेल र प्रतीक्षा काफ्ले सम्मानित भए ।



हिमाल आरोही दिकी ल्हमु लामा, नानुमाया गुरुङ, पर्यटन व्यवसायी कमला गिरी, उद्यमीहरु हिरा भट्टराई, कान्छी गुरुङ र चन्द्रकला राना सम्मानित भएका छन् ।
यस्तै, सामाजिक अभियन्ता कमला पराजुली, विनाकुमारी सिलवाल, साहसिक पर्यटनतर्फ फुन्जो झाङ्मु लामा, पूर्णिमा श्रेष्ठ र मनु गुरुङ, खेलकुदबाट रेखमाया गुरुङ, भाषा संस्कृतिबाट तारामाया थापालाई सम्मान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सहकारी तर्फ ७ वटा सहकारी सम्मानित भएका छन् । गोरखाको सृजनशील महिला बचत तथा ऋण सहकारी संस्था, मुस्ताङको पुथाङ आमा बहुमुखी सहकारी, म्याग्दीको सृजना महिला विकास बहुउद्देश्यीय सहकारी, लमजुङको मार्गदर्शन महिला सहकारी, स्याङजाको प्रगति महिला सहकारी, बागलुङको कालिका सहकारी तथा नवलपुरको नवज्योति महिला सहकारी सम्मानित भएका हुन् । प्रत्येक सहकारीलाई ७५ हजारका दरले रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव प्रकाश पौडेलले जानकारी दिए ।
उनीहरुलाई गण्डकीका नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीले नगद र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु