पोखरा । रेडियो जननीले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पोखराका ६ आमालाई सम्मान गरेको छ । आफ्नो ११ वार्षिकोत्सवको अवसर पारेर विगतका वर्षमा पनि आमा सम्मान गर्दैै आएकोमा संस्थाले यसै वर्षबाट आमा अवार्ड वितरण शुरु गरेको जनाएको छ । उक्त अवार्ड ९५ वर्ष माथिका आमाको रेखदेख गरिरहेका छोराछोरी, दाजुभाइ तथा दिदीबहिनीका परिवारलाई प्रदान गरिएको आमा अक्षयकोषका संरक्षक तथा पद्मावती मिडिया प्रा.लि.का अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् ।
कार्यक्रममा चन्द्रमाया कार्की आमा अवार्डवाट पोखरा १४ निवासी मन्धरा गुरुङसेनी, सरिता शेरचन आमा अवार्डबाट पोखरा–४ की उमादेवी गोथाजुका परिवार, रुकमाया थापा आमा अवार्डबाट पोखरा–१६ बाटुलेचौर निवासी चित्राकुमारी थापा, गम्भीरा भट्टराई आमा अवार्डबाट पोखरा—६ का नन्दकली पौडेल, लक्ष्मी भट्टराई आमा अवार्डबाट पोखरा–६ कै असली लामिछाने र विष्णुमाया आमा अवार्डवाट सुकमाया सुनार्नीलाई सम्मान गरिइएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले दोसल्ला, सम्मानपत्र र करुवाले सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले जेष्ठ नागरिक तथा आमाहरुलाई रेडियोले सम्मान गर्नु उदाहरणीय कार्य भएको बताउदै समतामुलक समाज र्निमाणका लागि महिलाहरु आत्मनिर्भर हुन जरुरी बताए । आत्मनिर्भर हुनका लागि सिपमा जोड दिनुपर्ने उनको भनाई छ । अहिले कानुनले पनि महिलाहरुलाई धेरै अधिकार दिएकोले महिलाहरु पनि अग्रसर भइरहेको बरालले बताए । उनले विभिन्न ठाउँमा महिलाको प्रतिनिधित्व हुनु एउटा सकारात्मक सुरुवात भएको बताए । महिलालाई अझै अगाडी लैजानको लागि यस्ता कार्यक्रमहरुले जागरुक बनाउनुपर्नेमा उनको जोड छ । आमालाई सम्मान गर्ने जस्ता कार्यक्रमहरु मिडियाले गर्दै गयो भने आगामी दिनहरुमा महिला हिंसाका घटनाहरु न्यूनिकरण हुने र महिलाहरु आर्थिक रुपमा सशक्त हुन सक्नेमा उनको विश्वास छ । त्यस्तै जेष्ठ नागरिक सम्मान कार्यक्रमले वृद्धवृद्धालाई विद्धाश्रम लैजाने संस्कारलाई निरुत्साहित गर्न मद्धत पुग्ने सभासद बरालको भनाई छ ।
वि.सं. २०७० वैशाख ३० गते अक्षय तृतीयाको दिनदेखि पहिलो आवाज उद्यमशिलताको लागि, दोस्रो आवाज स्वतन्त्रताको लागि र तेस्रो आवाज समानताको लागि भन्ने नारालाई लिएर श्रोतामाझ पुगेको रेडियोको २०७० फागुन २४ गते १०४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको दिन तत्कालिन सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालद्धारा औपचारिक उद्घाटन भएको थियो । समाज विकासको पहिलो आधार उद्यमशिल समाज निर्माण गर्नु हो र रेडियोले सञ्चारको माध्यमबाट यही उद्घोष गरेर उद्यमशिलतालाई स्वतन्त्र र समानताको आभास सहित रेडियो तरङ्गीत भएको हो । आवाजमा शक्ति हुन्छ, तसर्थ परिवर्तनका लागि आवाजहरु उठाउनुपर्छ भनेर रेडियो स्थापना भएको हो । र अहिले पछिल्लो समय आमाहरुको सम्मानका लागि भनेर अक्षयकोष राखेर आमाहरुलाई सम्मान गर्ने व्यक्तिहरुलाई आमा अवार्डबाट सम्मानित गरेको पद्मावती मिडिया प्रा.लि.का अध्यक्ष हिरा भट्टराईले जानकारी दिइन् । जबसम्म समानमा उद्यमशिलताको विकास हुदैन तबसम्म समाज र राष्ट्रको विकास हुन सक्दैन भन्ने मर्मलाई रेडियोले सँधै पछ्याइरहेको र आर्थिक समृद्धिलाई रेडयोले जोड दिएको भट्टराईले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना, पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, १७ का वडाध्यक्ष राधिकायोगी शाही, २ का वडाध्यक्ष दिवसमान प्रधानाङग, ६ का वडा सदस्य शोभा जलारी, प्रध्यापक वेदहरी तिमिल्सिना, जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइराला, प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौर क्याम्पसका प्रमुख प्राध्यापक डा. दुर्गा देवकोटा, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, अवार्ड छनौट समितिका संयोजक असफल गौतम लगायतले बोलेका थिए ।
पद्मावती मिडिया प्रा.लि.का अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियोका वरिष्ठ कार्यक्रम प्रस्तोता जमुना वर्षा शर्माले गरेकी थिइन्।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु