श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

death body

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका –५ स्थित कानपुरमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ ।

शनिबार, बिहान साढे ९ बजेतिर स्थानीय ५९ वर्षीय धनवीर दमाईलाई उनकी श्रीमती ४० वर्षीया कमला परियारले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी कानपुरको टोली घटनास्थलमा पुगेर हत्यामा संलग्न कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ