गत फागुन २० गते पर्वतको कुश्मामा आयोजित मगर महोत्सवमा गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच भएको विवाद बढ्दै गएर बहिस्कारसम्मको अवस्थामा पुगेपछि गायिका चौहानले माफी मागेकी छिन् ।
आज साउण्ड सिस्टम व्यवसायीले एलिनाले माफी नमागेसम्म उनी सहभागी हुने कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम बहिष्कार गर्ने घोषणा गरेका थिए । सो घोषणा लगत्तै एलिनाले फेसबुकमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै आफूले आत्मालोचना गर्ने बताएकी छन् ।
एलिनाले आफूबाट भएको कमजोरीको जिम्मेवारी लिँदै क्षमायाचना गर्दा साउण्ड टेक्निसियनले चाहिँ आफ्नो कमजोरी स्विकार नगर्ने ? प्रश्न खडा भएको छ । आयोजकको आग्रहमा निम्त्याएकी गायिकालाई ठाडो सवालजवाफमा उत्रनु एलिना जत्तिकै साउण्ड टेक्निसियनको पनि कमजोरी देखिन्छ ।
उतिखेरै सहभागी दर्शक पनि साउण्ड टेक्निसियनसँग खनिएका थिए । सुरक्षाकर्मी तत्काल पुगेकाले नराम्रो घटना हुन पाएन ।
सार्वजनिक भिडियो र समाचार मुनि आएका कमेन्टमा गायिकाले आफ्नो वेट मेन्टेन गर्नुपर्ने, त्यसरी माइकबाटै विवादमा उत्रन नहुने, साउण्ड प्राविधिकले पनि ख्यातिप्राप्त गायिकामाथि पहिले स्वर मिलाएर आउनू, हामी झन् बढी कार्यक्रम गरिसकेका छौँ जस्ता शब्द प्रहार गरी अपमान गर्न हुने थिएन भन्ने प्रतिक्रिया देखिन्छ ।
एलिनाले लेखेकी छन्:
जीवन भनेकै सिकाई र भोगाई त रहेछ। देश तथा विदेशका श्रोता दर्शकको माया नै मेरा लागि अक्सिजन हो। त्यहि कारण म जे छु आज छु। हिजो जस्ती थिए उस्तै छु। सफलता र प्राप्तिले मलाई आफ्नो धरातल कहिल्यै बिर्साएन। बिर्सिने पनि छैन। किनकी मलाई त भुँईबाट उठाएर तपाईंहरुले गायिका बनाउनुभयो।
तपाईंहरुकै मायाले आज देश तथा विदेशका आयोजकहरुले मलाई मञ्च उपलब्ध गराईरहनुभएको छ। त्यसैले पनि पारिश्रमिकलाई महत्व नदिई सकेसम्म म सबै जसो ठाउँमा पुग्ने प्रयास गरिरहेकै छु।
साउण्ड ईन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियो/भिडियो सम्पादक सबै पर्दा पछाडीका हिरो हुन। जो हामीलाई दर्शक श्रोता बिच पुर्याउने मुल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनो गरि बुझेको छु। म उहाँहरुको सम्मान र स्वाभिमान प्रति सधै सचेत छु।
यति हुदा हुदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतीका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो।
सो घटनामा तत्कालिन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु। मञ्चिय प्रस्तुतीका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरुमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु। जय गीत, जय संगीत।
गायिका
एलिना चौहान
सम्बन्धित समाचारः
पर्वत घटनाको साइड इफेक्टः
एलिना चौहानले माफी नमागेसम्म सहभागी कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणा
भाइरल भिडियोको वास्तविकता के हो?
पर्वतको कुश्मादउ पुन युवा क्लबले ४२ औँ मगर दिवस अवसरमा विगतका वर्ष झैँ यसपालि पनि तेस्रो संस्करणको ऐतिहासिक मगर राष्ट्रिय महोत्सव आयोजना गरेको थियो।
गायिका चौहान–टेक्निसियनबीच विवाद भने गत २० फागुन आइतबार राति पौने ९ बजेको हो। उक्त दिन चौहान अतिथि कलाकारका रूपमा डाकिएकी थिइन्। दिनभरि पानी परेर स्थगितझैँ थियो। राति कन्सर्ट पनि नगर्ने कि भन्ने तयारी हुँदा यति महत्त्वपूर्ण कलाकार ल्याएको र दर्शकले पनि हुटिङ गरेपछि चौहान स्टेज चढिन्। उनले ३/४ वटा गीत गाइसकेकी थिइन्। अन्त्यमा उनको बहुचर्चित गीत ‘धोकेबाज’ लाई वान्स मोर आएपछि फेरि गाउने भइन्।
त्यत्तिकैमा उनले टेक्निसियनलाई साउन्ड मिलाउन आग्रह गर्छिन्। जबाफमा ‘पहिले भोकल क्लियर गरेर हामीसँग लेबल माग्नू’ सुन्छिन्। उनी रिसले आगो हुन्छिन्।
उनले टेक्निसियनलाई जबाफ फर्काउँछिन्, ‘पहिला तपाईँको त्यो बोल्ने ढंग सुधार गर्नू, बुझ्नु भो। आफ्नो गल्ती छ। यहाँ आएर एकचोटि उफ्रेर हेर्नू त। तपाईँले मलाई सिकाउनु पर्दैन, बुझ्नू भो नि’ नाच्न जान्दैन आँगन टेढो भनेको यही हो। मिलाउन आउँदैन अनि लाज लाग्दैन यस्तो बोल्नलाई?’
जवाफमा टेक्निसियन फेरि बोलेको सुनिन्छ, ‘तपाईँले भन्दा हामीले धेरै काम गरिसकेका छौँ।’
सामाजिक सञ्जालमा भाइरल यो भिडियोमा दुवैको भनाभन सुन्न सकिन्छ। दर्शकले चर्को हुटिङ गरिरहेका छन्।
उनीहरुबीच स्टेजमै यस्तो भनाभन हुँदा दर्शकले हुटिङ गरिरहेका छन् । दर्शक पनि ती साउण्ड टेक्निसियनमाथि खनिएका थिए ।
एलिनाले स्टेजमा मोनिटर पनि नराखिएको र जबर्जस्ती गाउनुपरेको उनको गुनासो छ । त्यो भनाभनपछि गाउने अवस्था नभएकाले आफू त्यहाँबाट हिँडेको एलिनाले बताएकी छन् । त्यहाँबाट सुरक्षा दिएर एलिनालाई निकालिएको थियो । आयोजकले प्राविधिक कारणले विवाद भएको बताएका छन् ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’