अनेरास्ववियु, पुतलीबजार नगरपालिका कमिटि, स्याङ्जाको प्रथम नगर अधिवेशन सम्पन्न गरेको छ ।
“सम्पूर्ण देशभक्त, प्रगतिशील र जनवादी विद्यार्थीहरु एकजुट होऔं” भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले राजेश विश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि गठन गरेको छ ।
उपाध्यक्षमा मनोज नेपाली र सानिया काफ्ले, सचिवमा सिमा सुनाम, सह-सचिवमा प्रमिला नेपाली, समीर घिमिरे र मनोज नेपाली, कोषाध्यक्षमा अञ्जली क्षेत्री र समुन्द्र शर्मा लगायतका २१ सदस्य निर्वाचित भएको अनेरास्ववियु पुतलीबजार नगर इञ्चार्ज विपना सुनामले जानकारी दिइन् ।
स्याङ्जा क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधिसभा सदस्य नारायण प्रसाद मरासिनीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा अनेरास्ववियुका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सगुन राना, केन्द्रिय अनुशासन आयोग सदस्य नवीन पौडेल, स्याङ्जा जिल्ला अध्यक्ष कृष्ण जि.सीका साथै नेकपा एमाले प्रदेश सदस्य राम बहादुर थापा, अनेरास्ववियु जिल्ला कमिटी स्याङ्जाका विभिन्न पदाधिकारी, विभिन्न विद्यालयहरुबाट प्रतिनिधि गर्दै आएका विद्यार्थी लगायतका करिब ५० जना उपस्थित थिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा